वडा तहसम्म ब्युतिन थाले माओवादी केन्द्रको संगठन

Sinchai Khanipani notice

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा तहसम्म आफ्नो संगठनको संरचना ब्युताउँन थालेको छ ।

दुई हप्ताअघि बेनीमा बसेको जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी संगठन पुर्नगठन गरिरहेको छ ।

सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन माओवादी केन्द्र र एमाले पार्टी ब्युताएपछि दुवै पार्टीले केन्द्र देखि वडा सम्म आफ्ना पुरानै संरचनालाई ब्युताएर सक्रिय बनाउन थालेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैक्रममा अन्नपूर्ण गाउँपालिकाको वडा न. ६ घारमा टिकबहादुर बरुवालको संयोजकत्वमा १२ सदस्यीय वडा संगठन कमिटि गठन भएको छ । कमिटिको सदस्यमा श्यामप्रसाद खड्का, खिमबहादुर बरुवाल, गुरुप्रसाद बरुवाल, लेटबहादुर खड्का, राजाराम बरुवाल, वुद्धी बरुवाल, इश्वर बरुवाल, प्रदिप खड्का, दर्शन बरुवाल, गिरी बरुवाल, धनबहादुर बरुवाल चयन हुनुभएको छ ।

यसैगरी अन्नपूर्ण गाउँपालिका वडा न. ३ दानामा थमबहादुर बिकको अध्यक्षतामा २२ सदस्यीय वडा संगठन कमिटि गठन भएको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य बुद्धी पुनले जानकारी दिनुभयो । पुन र गाउँपालिका कमिटिका सचिव पुर्णबहादुर पाइजाको उपस्थितमा भेला सम्पन्न भएको हो ।

यसैगरी मालिका गाउँपालिकाका बिभिन्न वडाहरुमा पनि कार्यकर्ता भेला र पार्टी संरचना पुनगठन भइरहेको छ । शनिबार वडा न. ३ डाडागाउँमा भएको कार्यकर्ता भेलाले बलबहादुर रोका इञ्चार्ज, सरस्वति पुन अध्यक्ष र लालबहादुर पटेल सचिब रहेको २९ सदस्यीय वडा कमिटि गठन भएको जिल्ला कार्यालय सदस्य रेशम जुग्जाली (सुबिन)ले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...