लयमा फर्किए बिकास आयोजना (भिडियो खबर सहित)

Beni Sanjibani

बेनी, । हिमाली जिल्ला म्याग्दीका बिकास आयोजनाको निर्माण कार्य लयमा फर्किएको छ । अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाएपनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौति देखिएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)को जोखिम र रोकथामका लागि गत वर्षको चैत देखि गरिएको लकडाउनले रोकिएका म्याग्दीका बिकास आयोजना करिब एक बर्षपछि पुरानै लयमा फर्किएका छन् ।

आवत जावत बन्द र मजदुर घर गएपछि रोकिएका बिकास आयोजनाहरु गत बर्खाको बाढी र पहिरोले प्रभावित भएका थिए । निर्माण ब्यवसायीहरु करिब एक वर्षपछि काममा फर्किएर निर्माणलाई तिब्रता दिएका छन् ।

Mangala Health notice

सडक, भवन, नदी नियन्त्रण, जलबिद्युत, प्रशारण लाइन, खानेपानी, सिचाई, मोटरेबल र झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले बताउनुभयो ।

“जनप्रतिनिधी, प्रशासन र सम्बद्ध निकायको ताकेता र दवावले निर्माणले तिब्रता पाएको हो,” उहाँले भन्नुभयो “आयोजना निर्माणका क्रममा उत्पन्न समस्याको पहिचान र समाधानका लागि समन्वय र सहजिकरण गरेका छौ ।”

२२० केभी क्षमताको दाना–कुश्मा सबस्टेशन र प्रशारण लाइन निर्माण सकिएको छ । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलबिद्युत आयोजना परिक्षण उत्पादनको तयारीमा छ ।

म्याग्दीका मुख्य र सहायक सडकका विभिन्न १३ ठाउँमा मोटरेबल पुल निर्माण भइरहेको छ । रघुगंगा गाउँपालिकाका तीन वटा वडामा पर्ने दग्नाम, दर्मिजा, चिमखोला, कुइनेमंगलेका बस्ती सडक सञ्जालमा जोडिएका छन् । बाबियाचौर, कालीपुल र रत्नेचौरमा सडक कालोपत्रे भएको छ ।

Aantarik mamila Bal Marry sambandi

बेनी–जोमसोम, बेनी–दरवाङ, पोखरेबगर–चित्रे, गलेश्वर–पिप्ले–भगवति–बेग र दरवाङ–धारापानी सडक आयोजना निर्माण सूचारु भएको छ । बेनी–जोमसोम सडक अन्तरगत पर्ने दानाका कबिन तुलाचनले निर्माण ब्यवसायीले थप मजदुर, उपकरण परिचालनका साथै निर्माण सामग्री जुटाउन जुटाउनुपर्ने बताउनुभयो ।

“बर्खा सुरु नहुदै काम सक्ने हिसाबले निर्माणलाई तिब्रता दिनुपर्छ,” उहाँले भन्नुभयो “बर्खा सुरु भयो भने अधुरा आयोजनामा बाढी पहिरोले क्षत्ति पु¥याउने खतरा हुन्छ । भएको लगानी र गरेको मेहनत खेर जान्छ ।”

घारखोला, मिस्त्रिखोला, राहुघाट जलबिद्युत आयोजनाले लकडाउन र पहिरोको असहज अवस्थामा पनि काम रोकेका थिएनन् । डाडाखेत–राहुघाट प्रशारण लाइन तथा सब स्टेशन र मालढुङ्गा–बेनी सडक आयोजनाको ठेक्का सम्झौताको प्रक्रियामा छन् । मिलनचोक–रातोढुङ्गा सबस्टेशन र प्रशारण लाइन निर्माण पुन रोकिएको छ । बेनी, दरवाङ र भुरुङ्ग तातोपानी बजार संरक्षण आयोजना सुरु भएको छ ।

संघीय, प्रदेश, स्थानीय तह, जिससका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र सरोकारवालाले रोकिएका बिकास आयोजनालाई सूचारु गराउन अनुगमन, सहजिकरण तथा समन्वय गरेका छन् । गण्डकी प्रदेशका भौतिक पुर्बाधार मन्त्री रामशरण बस्नेत, सामाजिक बिकास मन्त्री नरदेवी पुन, बिकास तथा अर्थ समितिका सभापति दिपक कोइराला लगायतको फरक फरक टोलीले पछिल्लो दश दिनयता म्याग्दीका बिकास आयोजनाको अनुगमन गर्नुभएको छ ।

खोपको बिकाससँगै कोरोनाको जोखिम घटेपनि ढुङ्गा, गिट्टी र बालुवाको अभाव भएको र पर्याप्त बजेट बिनियोजन नहुँदा समयमै भुक्तानी नपाउँदा समस्या भएको निर्माण ब्यवसायी सोमनाथ थकालीले गुनासो गर्नुभयो ।

“काम गर्ने ठाउँमा पर्खाल निर्माण गर्ने ढुङ्गा पाइदैन्,” उहाँले भन्नुभयो “खोलामा थुप्रिएको ढुङ्गा निकाल्न कडाई गरिदा मजदुर काम नपाएर बस्ने अवस्था छ ।” निर्माण ब्यवसायी महासंघका अध्यक्ष रबि सिंह लगायतले ठेक्का लिएको बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण भने अलपत्र परेको छ ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...