ठाडाखानीका बालबालिकालाई पिएस फाउण्डेशनको छात्रवृत्ति

Sinchai Khanipani notice

ठाडाखानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बालबालिकालाई अमेरिकाको पिएस फाउण्डेशनले छात्रवृत्तिको ब्यवस्था मिलाएको छ । बिपन्न बालबालिकालाई छात्रवृत्तिका साथै ठाडाखानीको मालिका आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक उपलब्ध गराएको हो ।

हाल अमेरिकामा रहनुभएका रुद्र पुनले बुवा पृथ्वीबहादुर र आमा सकदेवी छन्त्यालको नाममा स्थापना गर्नुभएको पिएस फाउण्डेशनले ठाडाखानीका २२ जना बालबालिकालाई २०७८ बैशाख महिनादेखि लागु हुने गरि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

Shreekrishna hardwear in news

भौगोलिक रुपमा दुर्गम, बिकट र पिछडिएको अल्पसंख्यक छन्त्याल समुदायका बालबालिकाको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको ब्यवस्था गरेको हो । मालिका आधारभूत बिद्यालयले छनौट गरेका २२ जनालाई संस्थाले मासिक रु. ५० हजार बराबरको छात्रवृत्ति दिने जनाएको छ ।

कक्षा ११ देखि स्नातक तहमा पढ्ने तीन जनालाई मासिक जनही पाँच हजार, कक्षा १० पढ्ने ४ जनालाई मासिक तीन हजार, कक्षा ९ का १ जनालाई मासिक दुई हजार ५००, कक्षा ६ देखि ८ सम्म पढ्ने पाँच जनालाई एक हजार पाँच सय रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउने संख्याका सदस्य जितबहादुर छन्त्यालले बताउनुभयो । कक्षा ५ देखि तह पढ्ने नौ जना छन् ।

अभिभावक नभएका, अभिभावक अपाङ्ग भएका, बुवा र आमाले सम्बन्ध बिच्छेद गरेर समस्यामा परेका बालबालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । ठाडाखानीका अलावा छिमेकी गाउँ कुइनेका ५ जनालाई पनि छात्रवृत्ति उपलब्ध गराउने मालिका आधारभूत बिद्यालयकी प्रअ खिममाया छन्त्यालले बताउनुभयो ।

निजी स्रोतबाट निमावी तह सञ्चालन भएको ठाडाखानीको मालिका आधारभूत बिद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुन्छ । ८ कक्षा उतिर्ण भएपछि ९ र १० कक्षा पढ्न पाखापानीको अमर मावि पुग्नुपर्छ । हुनेखाने बेनी, पोखरा जान्छन् । विपन्नहरु करिब एक डेढ घण्टा पैदल हिडेर पाखापानी पुग्छन् । पाखापानीमै डेरा खोजेर अथवा छात्रावासमा बस्नुपर्छ ।

Bhautik ministry notice about road

भौगोलिक बिकटता, पारिवारिक, आर्थिक कारणले समस्यामा परेकाहरुलाई शिक्षालाई निरन्तरता दिन छात्रवृत्तिले सहयोग पुग्ने बिद्यार्थी पुष्पा छन्त्यालले बताउनुभयो । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले विपन्न बिद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिले सहयोग पुग्ने बताउनुभयो ।

पारिवारिक र आर्थिक समस्याले पढ्ने रहर अधुरै छाड्नुपर्ने समस्याबाट मुक्ति मिल्ने उहाँको भनाई छ । संस्थासँग समन्वय गरेर वडाका अन्य बस्तीका बिद्यार्थीलाई पनि छात्रवृत्तिको ब्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।

शुक्रबार ठाडाखानीमा पिएस फाउण्डेशनको उद्घाटनका अवसरमा मालिका आधारभूत बिद्यालयका ८५ जना बिद्यार्थीहरुलाई स्टेशनरी र ६५ जनालाई बिद्यालय पोशाक बितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...