बराहपाखो बनमा भिषण डढेलो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक बनमा शुक्रबार भिषण डढेलो लागेको छ ।

हिजो दिउँसो ३ बजेतिर सुरु भएको डढेलो शनिबार बिहानसम्म पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । यद्यपी नियन्त्रण उन्मुख भने छ । खरैनी भन्ने ठाउँबाट सुरु भएको डढेलोले वनको अधिकांश क्षेत्रमा क्षति गरेको बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्मरबहादुर बानियाले बताउनुभयो ।

१६.५ हेक्टर क्षेत्रफलमा फैलिएको बराहपाखो वनको महारानी, कुरिलाखर्क र बनभोज स्थल बाहेकका ठाउँमा डढेलोले क्षत्ति पु¥याएको छ । डढेलोका कारण स–साना बिरुवा देखि ठूला रुख, बेनी बजारका बासिन्दाले निजी खानेपानी ल्याउन प्रयोग गरेको पाइप, वन्यजन्तु र पंक्षीको बासस्थान नष्ट भएको छ ।

Shreekrishna hardwear in news

बनमा पाइने जडिबुटी पनि नष्ट भएका छन् । केहीले वन क्षेत्रको पाइप हटाएका थिए । डढेलो नियन्त्रण गर्न बेनी नगरपालिकाको दमकलको प्रयोग गरिएको थियो । यसैगरी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका सुरक्षाकर्मी र बन प्राबिधिकहरु डढेलो नियन्त्रण गर्न परिचालन भएका थिए ।

Bhautik ministry notice about road

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर सतर्कता अपनाउनका लागि बजारबासीलाई आग्रह गरेको थियो । सल्लाको जंगल भएकाले छिनभरमै फैलिएको डढेलोले रातमा पनि बेनीलाई उज्यालो पारेको थियो । धुँवा र खरानीका टुक्रा बजार वरपर प्रदुषित बनाएको छ ।

बराहपाखोसँगै बेनी नगरपालिकाको वडा न. ६ मा पर्ने आँपरुख सामुदायिक बनमा पनि डढेलो लागेको छ । यसैगरी जलजला गाउँपालिकाको मल्लाजको भिरमा पनि शुक्रबारनै आगलागी भएको छ । डढेलो लगाउने व्यक्ति पहिचान हुन सकेका छैनन् ।

केही समययता म्याग्दीका विभिन्न ठाउँका जंगलमा डढेलो लाग्ने क्रम बढेको छ । बिहिबार मंगला गाउँपालिकाको खानीगाँउ सामुदायिक वन क्षेत्रमा आगोलागी भएको थियो । डिभिजन वन कार्यालयका अनुसार म्याग्दीको ७० ठाउँका एक हजार २०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

निमित्त डिभिजनल वन अधिकृत सन्तोष खनालले यो तथ्याङ्क कात्तिक देखि चैत १८ गतेसम्मको भएको बताउनुभयो । “यो वर्ष नेपालमा धेरै डढेलो लागेको छ । म्याग्दीमा पनि दिनमा ५÷७ ठाउँमा डढेलो लागिरहेको छ,” उहाँले भन्नुभयो “डढेलोका कारण वायु प्रदुषण बढेको छ । आकाश धुमिल भएको हो ।”

नयाँ घाँस पलाउने गलत बुझाई, बन्यजन्तुको चोरीशिकारी र असाबधानीका कारण म्याग्दीमा डढेलो लगाउने गर्छन् । लेकाली क्षेत्रका जंगलमा घाँस पलाउने गलत बुझाई राखेर गोठालाहरुले डढेलो लगाउँछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...