हिदीमा पशु स्वास्थ्य शिविर

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा शुक्रबार निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मालिका गाउँपालिका–७ बिममा रहेको किसानी प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा ५४ जना कृषकले सेवा लिएका छन् ।

मंगला गाउँपालिकासँगको सहकार्यमा आयोजना गरिएको शिविरमा १०५ भैसी, ४० भेडा, ११३ बाख्रा, ६५२ कुखुरा र ३६ वटा गाइभैसीका लागि औषधी बितरण गरिएको थियो । शिविर सञ्चालनका लागि बेनीको सापकोटा भेटनरी सेन्टरका सञ्चालक टेकप्रसाद सापकोटाले विभिन्न कम्पनीहरुसँग समन्वय गरेर औषधी जुटाउनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्राबिधिक शिक्षालयका प्रशिक्षक पशु चिकित्सक डाक्टर मिलन सापकोटा, रोशन बानिया लगायतको टोलीले पशुको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

ग्रामिण क्षेत्रका कृषकलाई घरदैलोमै रोगको पहिचान र उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बिशिर आयोजना गरिएको हो । शिविरको उद्घाटन गर्नुहुदै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...