बेनीको सामुदायिक चोकमा ट्राफिक र हाडेभिरमा प्रहरी पोष्ट स्थापना

Gandaki Ghumau

बेनी । जिल्ला सदरमुकाम बेनी बजारको सामुदायिक चोकमा ट्राफिक र हाँडेभिरमा प्रहरीको पोष्ट स्थापना भएको छ ।

जिल्ला प्रहरी कार्यालयले सुरक्षा पहुँच बिस्तारका लागि स्थापना गरेको दुई वटै पोष्टको शुक्रबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । म्याग्दीको पश्चिमी क्षेत्र र बागलुङ जोड्ने सडकको मुख्य नाकामा प्रहरीको नियमित उपस्थिति गराई सुरक्षा निगरानी बढाउन पोष्टको स्थापना गरेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।

बेनी नगरपालिकाको कार्यालय अगाडी म्याग्दी नदी माथि हाँडेभिर जोड्ने पुलको छेउमा म्याग्दी यातायात प्रा.लीले बनाएको टिकट काउन्टरको टहरालाई रंगरोगन र फर्निचर ब्यवस्थापन गरेर प्रहरी पोष्ट राखिएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

यसैगरी सामुदायिक चोकमा धौलागिरी यातायात प्रा.ली.ले बनाएको टिकट काउन्टरमा ट्राफिक प्रहरीको पोष्ट बनाइएको छ । दुई वटै यातायात कम्पनीको टिकट काउन्टर बहुउद्देश्यिय मैदानमा स्थानान्तरण गरेपछि खाली थिए ।

नाकामा चेकजाँच र निगरानी बढाएर अपराध, दुब्र्यसनी, दुर्घटना न्युनीकरण, यात्रुलाई सहायता प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सुरक्षाकर्मीलाई झरीमा रुझ्दै, घाममा धुलो खादै सुरक्षा ब्यवस्थापनमा खटिनुपर्ने अवस्था हट्ने बताइएको छ ।

नगर प्रमुख श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, बेनी–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी यातायात प्रा.लीका अध्यक्ष लालबहादुर थापा लगायतले पोष्ट स्थापना भएपछि बेनीको सुरक्षा र ट्राफिक ब्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...