पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित

Gandaki Ghumau

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ ।

बिहिबार बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त गर्नुभयो । बुधबार भएको मतदानमा कुल ६२ जना मतदाता मध्य ५८ मत खसेकोमा एक मत खाली परेको थियो ।

उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९ मत), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री (मालति) (३० मत), सचिवमा सन्तोष गौतम (२९ मत), कोषाध्यक्षमा अमित बिश्वकर्मा (३० मत), सहसचिबमा प्रमोद शर्मा (३२ मत), समावेशी सहसचिवमा साधन घर्ति राम्जाली (२९ मत) प्राप्त गरि बिजयी हुनुभएको छ ।

Shreekrishna

उपाध्यक्षका प्रत्यसी गोरखनाथ सुबेदीले २८, महिला उपाध्यक्षका प्रत्यासी रेखा रेग्मीले २७, सचिवका प्रत्यासी प्रताब बानियाले २८, कोषाध्यक्षका प्रत्यासी राकेश शर्माले २६, सहसचिबका धिरन खत्रीले २५ र समावेशी सहसचिवका उमेद्वार समिर रोकाले २६ मत प्राप्त गर्नुभयो ।

Gunasthariya Shiksya

यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी (३२ मत), सन्दिप खत्री (३१ मत), कमल खत्री, अमृत बास्कुने, सन्दिप शर्मा रिजालले ३०÷३० मत प्राप्त गरेर बिजयी हुनुभयो । दलित सदस्यमा पदम बिश्वकर्माले (३० मत), समावेशी सदस्यमा नजराना सिंह ठकुरीले २९ मत ल्याएर बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले बताउनुभयो ।

महासंघको नेतृत्वको लागि ठाकुरप्रसाद आचार्य र प्रकाश पौडेलको नेतृत्वमा दुई वटा प्यानलले विभिन्न पदमा उमेद्वारी दर्ता गरेका थिए । आचार्यको समूहबाट मनोनयन दर्ता गर्नुभएका केन्द्रिय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा निर्विरोध हुनुभएको छ । त्यसैगरि महिला सदस्य पदमा प्रतिक्षा खत्रीले दिएको उमेद्वारी फिर्ता लिएपछि आचार्य समूहकी जेनिसा पुरी निर्बिरोध हुनुभएको छ ।

पौडेल समूहबाट जनजाती सदस्य पदमा उमेद्वारी दर्ता गर्नुभएका सिजन रोकाले फिर्ता लिएपछि स्वतन्त्र उमेद्वार सुदर्शनकुमार श्रेष्ठ निर्बिरोध हुनुभयो । प्रदेश परिषद सदस्यमा आचार्य समूहका निर्मल खत्री, बिक्रम बोगटी, पौडेल समूहका अमर बानिया र देवीप्रसाद शर्मा निर्बिरोध हुनुभएको थियो ।

केन्द्रिय समितिको अध्यक्षमा निर्मला शर्मालाई ३२, बिपुल पोखरेललाई २६, बरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई २९, रमेश बिष्टलाई २८, महासचिबमा बालकृष्ण बस्नेतलाई ३० र रोशन पुरीलाई २७ मत परेको छ । गण्डकी प्रदेश समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठको प्यानललाई ३० र नारायण शर्मालाई २८ मतका दरले मत परेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...