नापी कार्यालयको भवन प्रयोग बिहिन (भिडियो खबर सहित)

Sinchai Khanipani notice

बेनी । बेनीमा करोडौ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोग बिहिन बनेको छ ।

नापी बिभागले ठेक्का मार्फत बेनीको मंगलाघाटमा २०७७ मंसिरमा साढे तीन तले पक्कि भवन निर्माण गरेको थियो । मासिक रु. ४० हजार खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापी कार्यालयको रु. दुई करोड ४० लाखमा निर्माण भएको भवन प्रयोगबिहिन बनेको हो ।

बि.स. २०७५ मा मसुद–बिएन–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको भवन निर्माण योजनाको अन्तिम पटक थपिएको म्याद गत मंसिर मसान्तमा सकिएको छ । नापी कार्यालय म्याग्दीका प्रमुख तुलसी पौडेलले बाटोको निकास नहुँदा भवन प्रयोगमा ल्याउन नसकेको बताउनुभयो ।

Shreekrishna hardwear in news

“बाटोमा राखिएका पोल हटाउन बिद्युत प्राधिकरण, पाइप ब्यवस्थापन गर्न संघ र प्रदेशका खानेपानी कार्यालय तथा तुइन हटाउन बेनी नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरेका छौ,” उहाँले भन्नुभयो “बिजुलका पोल, पाइप र तुइनको टावर नहटाउँदासम्म मुल सडकदेखि भवन सम्म पुग्ने बाटोको निकास हुदैन् ।”

बेनी–मंगलाघाट सडक देखि नापी कार्यालयको भवनमा पुग्ने करिब बीस मिटर बाटोको बिचमा बिद्युतका पोल, खानेपानीका पाईप र तुइनको टावर छन् । नापी कार्यालयसँगै कोष तथा लेखा नियन्त्रण र खानेपानी डिभिजनको कार्यालय भवन निर्माण भइरहेको छ ।

Bhautik ministry notice about road

तीन वटा कार्यालयको बिचमा खोल्सामाथि ढलान गरेर बनाइएको बाटोमा खानेपानीको पाइप राखिएको छ । दुई वटा बिद्युतका पोल र बर्षौदेखि प्रयोग बिहिन तुइनको एक वटा टावर छ । निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले मुल सडक देखि भवन सम्म पुग्ने बाटोको निकास र प्राबिधिक मूल्याङ्कन नभएको बताउनुभयो ।

“मैले मंसिरमै भवन निर्माण सकेर हस्तान्तरण गर्न खोजेको हो,” उहाँले भन्नुभयो “नापी कार्यालयले अन्तिम मूल्याङ्कन गर्न र भवन सम्म पुग्ने बाटो बनाएर प्रयोगमा ल्याउन बेवास्ता गरेको छ ।” तत्कालीन सहरी बिकास तथा भवन कार्यालय बागलुङको प्राबिधिक सहयोगमा निर्माण सुरु भएको भवनको प्राबिधिक रेखदेख गर्ने जिम्मेवारी पुर्बाधार बिकास कार्यालय म्याग्दीलाई हस्तान्तरण भएको छ ।

बागलुङको कार्यालय खारेज भएको र बेनीको कार्यालयमा भवनसँग सम्बन्धित प्राबिधिक जनशक्ति नभएकाले नापजाँच र मूल्याङ्कन हुन नसकेको हो । संघ सरकार अन्तरगतको नापी कार्यालयको भवनलाई पूर्णाता दिन प्रदेश सरकारको कार्यालयका कर्मचारीले रुची देखाएका छैनन् ।
भवनको ठेक्का प्रक्रियाका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा बिचाराधिन रहेकाले पनि जिम्मेवारी लिन प्राबिधिकले नचाहेका हुन् । निर्माण कम्पनीका प्रतिनिधी खतिवडाले करिब रु. ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो ।

भुई तलामा दुई वटा सभाहल, पहिलो तलामा पाँच वटा, दोसो तलामा छ वटा र तेस्रो तलामा आवास प्रयोजनका लागि ३ वटा कोठा बनाइएको छ । कार्यालय भवनसँगै चमेनागृह र सार्वजनिक शौचालय निर्माण भएको छ ।

बालमन्दिर चोकमा मासिक रु. ४० हजार तिरेर १० वटा कोठा भाडामा लिई नापी कार्यालय सञ्चालन गरिएको छ । आगामी असार सम्मका लागि भाडा तिर्ने बजेट आएको छ । नापी अधिकृत पौडेलले प्राबिधिक मूल्याङ्कन र बाटोको निकास दिएर भवन प्रयोगमा ल्याउन बिभाग र प्रशासन कार्यालय मार्फत पनि पहल गरेको बताउनुभयो ।

नापी कार्यालयसँगै निर्माणाधिन कोष तथा लेखा नियन्त्रकको कार्यालयको भवन पनि अन्तिम चरणमा पुगेको छ । रु. एक करोड ७० लाखमा साढे तीन तले भवन बनाउन २०७६ भदौमा दावा–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको थियो । यही महिनासम्म ठेक्काको म्याद भएको सो भवन रंगरोगन भइरहेको छ । खानेपानीको कार्यालय भवन पनि आधा भन्दा बढी निर्माण सकिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...