पत्रकार महासंघ म्याग्दीको ८ पदमा निर्बिरोध

Gandaki Pardesh notice

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको छैठौ अधिवेशनबाट चयन हुने विभिन्न ८ पदमा मनोनयन दर्ता गरेकाहरु निर्बिरोध भएका छन् ।

दुई जना सदस्य, चार जना प्रदेश र दुई जना केन्द्रिय परिषद् सदस्य निर्बिरोध भएका हुन् । सोमबार उमेद्वारी फिर्ता लिएका र एक मात्र उमेद्वारी परेका पदको निर्बिरोध चयन भएको घोषणा गरिएको हो ।

महासंघको नेतृत्वको लागि ठाकुरप्रसाद आचार्य र प्रकाश पौडेलको नेतृत्वमा दुई वटा प्यानलले विभिन्न पदमा उमेद्वारी दर्ता गरेका थिए । आचार्यको समूहबाट मनोनयन दर्ता गर्नुभएका केन्द्रिय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा निर्विरोध हुनुभएको हो ।

Shreekrishna hardwear in news

त्यसैगरि महिला सदस्य पदमा प्रतिक्षा खत्रीले दिएको उमेद्वारी फिर्ता लिएपछि आचार्य समूहकी जेनिसा पुरी निर्बिरोध हुनुभएको छ । पौडेल समूहबाट जनजाती सदस्य पदमा उमेद्वारी दर्ता गर्नुभएका सिजन रोकाले फिर्ता लिएपछि स्वतन्त्र उमेद्वार सुदर्शनकुमार श्रेष्ठ निर्बिरोध हुनुभयो ।

प्रदेश परिषद सदस्यमा आचार्य समूहका निर्मल खत्री, विक्रम बोगटी, पौडेल समूहका अमर बानिया र देवीप्रसाद शर्मा निर्बिरोध हुनुभएको छ । चैत २५ गते हुने निर्वाचनका लागि म्याग्दीमा दुई समुहले प्रतिस्पर्धा गर्दै छन् ।

Bhautik ministry notice about road

प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (माधव समूह)को तर्फबाट क्रियाशिल पत्रकारहरुको समूह बनाएर ठाकुर प्रसाद आचार्यको नेतृत्वमा साझा उम्मेदवारहरु तय गरिएको छ भने प्रेस चौतारी नेपालको (ओली) समूहको तर्फबाट प्रकाश पौडेलको नेतृत्वमा उम्मेदवारी दर्ता भएका छ ।

आचार्य प्यानलबाट उपाध्यक्षमा हरिकृष्ण शर्मा गौतम, महिला उपाध्यक्षमा रेखा रेग्मी, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा राकेश शर्मा, खुल्ला सहसचिवमा धिरन खत्री, समावेशी सहसचिबमा साधन घर्ति राम्जालीको उमेद्वारी परेको छ ।

त्यस्तै पौडेल समुहबाट उपाध्यक्षमा गोरखनाथ सुवेदी, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री, सचिवमा प्रताप बानियाँ, सह–सचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा धनबहादुर रोकामगर र कोषाध्यक्षमा अमित विश्वकर्माको उम्मेद्वारी दर्ता भएको निर्वाचत समितिका संयोजक प्रेमबहादुर कार्कीले बताउनुभयो ।

आचार्यको समुहबाट खुल्ला सदस्यमा कमल खत्री, सन्दीप खत्री, साजन नेपाली, अनिल पौडेल, गणेश गुरुङ, महिला सदस्यमा जेनिशा पुरी, दलित सदस्यमा पदम विश्वकर्मा, अन्य समावेशी सदस्यमा हिमबहादुर छन्त्यालको उमेद्वारी दर्ता भएको छ ।

पौडेललको प्यानलबाट सदस्यमा कृष्ण जिसी, अमृत बास्कुने, ममता बराईली, नजरानासिहँ ठकुरी, प्रतिक्षा खत्री, सिजन रोका, शिव बोहोरा, सन्दिप शर्मा रिजालले उमेद्वारी दर्ता गराउनुभएको छ । खुल्ला सदस्यमा प्रकाश रेग्मीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ । महासंघको म्याग्दी शाखामा ६२ जना साधारण सदस्य छन् ।

वर्तमान कार्यसमित सहित लगातार दुई कार्यकाल शाखा उपाध्यक्षमा रहेका अध्यक्षका प्रत्यासी आचार्य गोरखापत्र दैनिकका म्याग्दीका संवाददातासंगै नवविकल्प साप्ताहिक पत्रिका र विकल्प न्युज डटकमका प्रकाशक हुनुहुन्छ । पौडेल बागलुङको धौलागिरी टेलिभिजनका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...