म्याग्दीमा ब्युतियो वाइसीयल

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग –वाइसीएल) ब्युतीएको छ ।

सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि पुनस्थापित माओवादी केन्द्रले म्याग्दीमा पनि आफ्नो युवा संगठनलाई ब्युताएको हो ।

Bhautik ministry notice about road

वाइसीयल म्याग्दीका संयोजक सन्दिप खत्रीको अध्यक्षतामा सोमबार बेनीमा भएको भेलाले ६ वटै स्थानीय तहमा इञ्चार्ज, संयोजक र सहसंयोजक चयन गरेको छ । भेलाले राजनैतिक, बैचारिक, संगठनात्मक निर्णय गरेको छ । बेनी नगरपालिकाको इन्चार्जमा किसान विक, संयोजकमा विज्ञान केसी, सह–सयोजकमा नारायण पौडेल र विजय किसान चयन हुनुभएको छ ।
रघुगंगाको इन्चार्जमा सुविन शेरपुञ्जा, संयोजकमा अर्जुन भण्डारी र सहसंयोजकमा दिनेश विक चयन हुनुभएको छ । अन्नपूर्णको इन्चार्जमा विरबहादुर पौडेल, संयोजकमा इन्द्रबहादुर थापा, मंगलाको इन्चार्जमा अर्जुन शाही, सह–इन्चार्जमा दलविर पुन, संयोजकमा बालकृष्ण पुर्जा चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

मालिकाको इञ्चार्जमा दोरन शेरचन, संयोजकमा रमेश पुन, सह–संयोजक तेजिन्द्र पुन, धवलागिरीको इन्चार्जमा सविन रोका, सहइन्चार्ज चक्र पुन र संयोजक अमृत थापा चयन हुनुभएको छ । भेलालाई सम्बोधन गर्नुहुदै नेकपा माओवादी केन्द्रका अध्यक्ष गोविन्द पौडेलले प्रतिगमन विरुद्ध एकजुट भएर अघि बढ्न वाइसिएललाई आग्रह गर्नुभयो ।

भेलामा गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य रेशम जुग्जाली, वाइसीयलका केन्द्रिय सदस्य पुनम खड्का र शेरबहादुर केसी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...