मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको उद्घाटन्

Sinchai Khanipani notice

गोपाल आचार्य
मच्छिम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको सोमबार उद्घाटन गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दी र गाउँपालिकाको सहयोगमा भवन निर्माण भएको हो । भवनको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल लगायतका जनप्रतिनिधी, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती (क्षेत्री), चिकित्सक एकराज भण्डारी, परियोजनाका जिल्ला संयोजक खेम रोकाया, कदम म्याग्दीका अध्यक्ष धु्रब रेग्मी, निबर्तमान अध्यक्ष हरिप्रसाद पौडेल, जनस्वास्थ्य निरिक्षक निरमाया मिजार लगायतको उपस्थिति थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

एक तले दुई कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन बनाउन गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७÷७८ मा रु. पाँच लाख र परियोजनाले कदम म्याग्दी मार्फत सात लाख रुपैयाँ बिनियोजन गरेको थियो । निर्माण सामग्री, फर्निचर खरिद र मजदुरको ज्यालामा गाउँपालिका र परियोजनाको बजेट खर्च भएको छ ।

जग्गा सम्माउन, पर्खाल लगाउने ढुङ्गा ढुवानी गर्ने काममा १०७ घरधुरीले प्रतिघर चार÷चार दिनका दरले श्रमदान गरेका उपभोक्ता समितिका सचिब बिरबहादुर छन्त्यालले बताउनुभयो । भवन निर्माण भएपछि बिद्यालयको कोठा, व्यक्तिका घर र चौतारामा बसेर बालबालिकालाई खोप लगाउनुपर्ने समस्याको अन्त्य भएको छ ।हरेक महिनाको एक दिन टोलमा पुगेर सेवा दिने स्वास्थ्यकर्मी र सर्बसाधारणलाई पनि सहज भएको छ ।

सामुदायिक बिकास परियोजना मार्फत यसअघि धवलागिरी गाउँपालिका–६ बुल, वडा न. ४ बगर र वडा न. २ खोरीयामा खोप केन्द्रको भवन निर्माण भएको थियो । भवन उद्घाटन कार्यक्रममा जग्गादाताहरुलाई सम्मान गरिएको थियो । हजार दिनका आमासँग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत गर्भवति, सुत्केरी र दुई वर्षसम्मका बच्चाका आमाहरुलाई अण्डा पनि बितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...