घोडेपानीमा अनुमति बिना गुराँस टिप्नेलाई जरिवाना

Gandaki Ghumau

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फुल टिप्न रोक लगाएका छन् ।

घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँस लगायत अन्य फुलहरु बिना अनुमति नटिपीदिन भ्रमणमा आउनेहरुलाई आग्रह गरेको छ । समितिका अध्यक्ष बिरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी दिनुभयो ।

Shreekrishna

“गुराँसको फुल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ,” उहाँले भन्नुभयो “राष्ट्रिय फुल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो ।” गुराँसको फुल नपाक्दै टिपिदिदाँ त्यसको बिउ भुइमा झर्न र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुन्छ । मुख्य समस्या फुलसँगै हाँगा भाचिदा देखिएको छ ।

घोडेपानीको जंगलमा पछिल्लो दश वर्षयता गुराँसको रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिको गुराँस पाईन्छ । नेपालमा ३२ प्रताजीका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातीका लालीगुराँस पाईन्छ । लालीगुराँस नेपालको राष्ट्रिय फुल पनि हो ।


एकै स्थानमा धेरै प्रजातिका गुराँस पाईने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको दावी गरिएको छ । बसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जंगल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।

Gunasthariya Shiksya

बनैभरी राताम्मे फुलेका गुराँसका रंगले यहाँका जंगल निकै मनमोहक र आकर्षक बनेको छ । गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।


२०७६ चैत ११ गते बन्दाबन्दी भएपछि बन्द गरिएको घोडेपानी–पुनहिल भ्रमणका लागि २०७७ माघ १ गतेदेखि खुला गरिएको थियो । “बिदेशी पाहुना नआएपनि नेपालको विभिन्न सहरी क्षेत्रबाट घुम्न आउनेको संख्या बढ्दै गएको छ,” उहाँले भन्नुभयो “कोरोनाले थलिएको होटल र पर्यटन ब्यवसायलाई आन्तरिक पर्यटकले भरथेक गरेका छन् ।”

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौ लगायत क्षेत्रबाट बिद्यार्थी, कर्मचारी र ब्यापारीहरु समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । दैनिक १५० देखि २०० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका छन् । पर्यटक आगमन सुरु भएसँगै चहलपहल बढेको छ । फागुन महिनासम्म सुनसान थियो ।


चैत–बैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमाली लगायत जातका गुराँस पाइन्छ । पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, दुरलेक, बेनी नगरपालिकाको स्वर्गाश्रम, धवलागिरी गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसको ठूला जंगल छन् ।


पुनहिलको नजिकै पर्ने फुलबारीमा प्रदेश सरकारले रु. दश लाख खर्चेर गुराँस उद्यान बनाउन लागेको छ । २० रोपनी जमिनमा बनाउन लागिएको उद्यानको तारबार गर्नुका साथै शौचालय निर्माण गर्ने योजना छ । नेपालमा पाइने सबै प्रजातिका गुराँस एकै ठाउँमा अबलोकन गर्न सकिने बनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...