लायन्स क्लब बेनी मल्लाजको अध्यक्षमा बिक्रम सुबेदी

Gandaki Ghumau

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजको शनिबार सम्पन्न सातौ अधिवेशन तथा साधारणसभाबाट वर्ष २०२१÷२२ को लागि बिक्रम सुबेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा पुस्कल ढुङ्गाना, द्धितीय उपाध्यक्षमा दलबहादुर जिसी (शिव), तृतीय उपाध्यक्षमा चन्द्रबहादुर क्षेत्री (बाबु), सचिबमा बिवेक हमाल र कोषाध्यक्षमा विवेक केसी चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

पिआरओमा तुलसीराम आचार्य, सहसचिवमा जितबहादुर पुन, सहकोषाध्यक्षमा रबिन जिसी, रिपोटिङ डाइरेक्टरमा किरण कार्की, मेम्बरसिप डाइरेक्टरमा हेमन्त बानिया, स्वास्थ्य प्रर्वद्धकमा तुलसीराम रेग्मी, सोसियल सिम्पोसिजममा दुर्गा भण्डारी, टेमरमा बिमल रिजाल, टेल टुइस्टरमा सुरेन्द्र श्रेष्ठ, खेलकुद डाइरेक्टरमा राजकुमार परियार, सदस्यमा रबिन्द्र कडेल रहनुभएको छ ।

Shreekrishna

लायन्स क्लवका चन्द्रकुमार केसी र सन्तोष रावलको उपस्थितिमा साधारणसभा र अधिवेशन सम्पन्न भएको थियो । क्लवले निशूल्क आँखा परिक्षण शिविर, सरसफाई, विपन्नलाई खाद्यान्न सहयोग, बिपद् ब्यवस्थापन, बिरामीको उपचारमा सहयोग गर्ने जस्तो सामाजिक काम गर्दै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...