पोषण सुधारका लागि योजना बनाउदै बेनपा

Sinchai Khanipani notice

बेनी । बेनिमा शनिबार बहुक्षेत्रीय पोषण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो ।

Bhautik ministry notice about road

नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यसंग सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

Shreekrishna hardwear in news

बहुक्षेत्रीय पोेषण कार्यक्रम प्रदेश नीति तथा योजना आयोग पोखराकी प्रदेश संयोजक पवित्रा सापकोटाले पोषणको अवस्था, समस्या र सुधारका लागि गर्नुपर्ने बिषयमा अभिमुखीकरण गर्नुभएको थियो ।

नगरबासीको षोषण सुधारका लागि योजना बनाउनका लागि छलफल गरिएको नगरपालिकाले जनाएको छ । गर्भवति, सुत्केरी, दुई वर्षभित्रका बच्चा र उनीहरुका आमाको लागि पोषणयुक्त खानपान, सरसफाई, स्वास्थ्य परिक्षण, खोप लगाउने लगायतका बिषयमा प्राथमिकता दिने नगरपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...