मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको अध्यक्षमा डिके

Gandaki Ghumau

बेनी । मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

सभाले डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय अर्गनाइजेशनको जिल्ला कार्यसमिति गठन गरेको छ । सभाको सचिवमा खमबहादुर रोका (सुनिल), कोषाध्यक्षमा दिपक पुन, सहसचिवमा एलिना शेरपुञ्जा र प्रचारप्रसार सचिवमा देवबहादुर घर्तिमगर चयन हुनुभएको छ ।

सदस्यहरुमा जयन्द्र रोकामगर, भिमप्रसाद रोका, जिवन पुन, बुलप्रसाद रोका, युराज पुन, कबिना पुर्जा, रमेश भट्टचन, गेम बुढा, ओमराज मगर, तेजिन्द्र जुग्जाली, मनबहादुर मगर, राम गर्बुजा, तुलप्रसाद गर्बुजा, गगन पुन, मेनुका रोका, ज्ञानु फगामी, प्रकाश पाइजा, बबिता पुन, कोमल थापा, रामप्रसाद पुन रहनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

सल्लाहकारमा चित्रबहादुर जुग्जाली, ओमबिकास पुन र नरबहादुर थापामगर चयन हुनुभएको छ । सभाअघि जिल्लाका छ वटै स्थानीय तह स्तरमा गठन भएका संगठनका प्रतिनिधिहरुले बेनी बजारमा बाजागाजा सहित ¥याली गरेका थिए ।

सभाका बत्ताहरुले अस्तित्व र मंगोलबाद दर्शनको बिषयमा प्रष्ट पार्दै मंगल नेशनल नेपालको उदाउँदा राजनीतिक शक्ति भएको बताउनुभयो । बैचारिक क्रान्तिबाटै देशमा समानता, भातृत्व, स्वतन्त्रता, मानव अधिकार, दिगो शान्ति र दिगो बिकास सहितको लोकतान्त्रिक समाजवाद स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...