५६ वटा बिद्यालय भवन पुननिर्माण (भिडियो रिपोर्ट सहित)

Gandaki Pardesh notice

म्याग्दी, पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा बिद्यालय भवन पुनःनिर्माण भएको छ । पुनःनिर्माण अभियान म्याग्दीका जिर्ण अवस्थाका कच्चि बिद्यालय भवन पुननिर्माण गर्ने अवसर बनेको छ । पुननिर्माणले बिद्यालयको भौतिक पूर्बाधारमा कायापलट हुन थालेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)को अनुदान सहयोगमा बि.स. २०७२ को भूकम्पका कारण क्षति पुगेका र जिर्ण बनेका बिद्यालयका नयाँ भवन निर्माण भएको हो । बि.स.२०७३ देखि म्याग्दीका बिद्यालय भवन पुननिर्माण सुरु भएको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना प्रमुख तुलाराज चौलागाईले हालसम्म २२ वटा दुई कोठे, ९ वटा तीन कोठे र २५ वटा चार कोठे भवन पुननिर्माण भएको जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्ष २०७७÷७८ मा ३७ वटा ४ कोठे, ३ वटा ३ कोठे, १० वटा दुई कोठे भवन निर्माणाधिन अवस्थामा छन्,” उहाँले भन्नुभयो “२२ वटा शौचालय र दुई वटा खानेपानी आयोजना निर्माण सकिएको छ । २८ वटा शौचालय र २५ वटा खानेपानीका योजना निर्माणाधिन अवस्थामा छन् ।”

Shreekrishna hardwear in news

कक्षा कोठा भवन पुनःनिर्माणमा रु. २८ करोड ७४ लाख ६५ हजार १५३ खर्च भएको छ । यसैगरी शौचालयमा रु. तीन करोड ६४ लाख, ६१ हजार ९२ र खानेपानी आयोजना निर्माणमा रु. ५७ लाख ५० हजार ८२० खर्च भएको छ ।

Bhautik ministry notice about road

भूकम्पले क्षति पुगेका १०५ वटा बिद्यालयका ३४४ वटा कक्षा कोठा मध्य १७१ वटा बनिसकेका छन् । बनिरहेका १७३ वटा कोठा अन्तिम चरणमा छन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भैरहेको छ । सुबिधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महशुस गरेका रितुङ माबी, रघुगंगा–८, घ्याँसीखर्कका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताउनुभयो ।

प्राधिकरणले चार कोठे भवनलाई रु. ७० लाख चालीस हजार, तीन कोठेलाई रु. ३५ लाख ८० हजार, दुई कोठेलाई रु. २३ लाख ९० हजार, शौचालयलाई रु. १५ लाख र खानेपानी आयोजनालाई रु. सात लाख चालिस हजारको दरले अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकम कर र आयोजना ब्यवस्थापन खर्च सहित अधिकतम हो ।

टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरि लागत अनुमान तयार पारिएको छ । बैदेशिक सहायता शिर्षकबाट दाताले प्रतिवद्धता जनाएको बजेट समयमा नआउँदा भवन निर्माण गरेको तीन महिना सम्म पनि भुक्तानी नपाएको कैलाश मावि दोवाका प्रअ सिरबहादुर गर्बुजाले बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समिति अन्तरगतको उपभोक्ता समिति मार्फत भवन निर्माण योजना कार्यान्वयन गर्ने कार्यबिधी छ । गुणस्तर हिन निर्माण सामग्रीको प्रयोग, उपभोक्ता समितिले गर्नुपर्ने काम ठेकेदारलाई दिने र ढिलासुस्ति मुख्य बिद्यालय भवन पुननिर्माणमा देखिएका चुनौति हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...