मुदीमा काँग्रेसको संगठन बिस्तार र पुर्नगठन

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बिहीबार नेपाली काँग्रेसको संगठन बिस्तार र पुनःगठन भएको छ ।

मुदीमा भएको काँग्रेसका कार्यकर्ताहरुको भेलाले वडा कार्यसमिति पुनःगठन, तरुण दल, महिला संघ र राष्ट्रिय मगर संघ बिस्तार गरेको हो । योगेन्द्र घर्तिको सभापतित्वमा पुनगठन भएको १३ सदस्यीय वडा कार्यसमितिको उपसभापतिमा शेरबहादुर पुन, सचिबमा बेलबहादुर घर्ति, सहसचिबमा तेजिन पुन र कोषाध्यक्षमा कुल तुलाचन रहनुभएको छ ।

Gunasthariya Shiksya

यसैगरी योगेन्द्र घर्तिको अध्यक्षतामा हिकमान घर्ति उपाध्यक्ष, रकबहादुर पुन सचिब, लक्ष्मण तुलाचन कोषाध्यक्ष रहेको ४१ सदस्यीय तरुण दल गठन भएको छ । तरुण दल म्याग्दीका सचिव नगेन्द्र मल्लका अनुसार उजिर घर्तिमगरको संयोजकत्वमा १३ सदस्यीय राष्ट्रिय मगर संघ र गममायाँ घर्तिको अध्यक्षतामा ९ सदस्यीय महिला संघ गठन भएको छ ।

Shreekrishna

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, संबिधानसभा सदस्य तथा पुर्ब सभापति रेशमबहादुर बानिया, सचिब मिनबहादुर कार्की, महिला संघका सभापति बिमला गौचन, काँग्रेसका जिल्ला सदस्य बलभद्र ढकाल, मनकुमारी बिक, धवलागिरी गाउँ कार्यसमितिका सभापति प्रेम पुन, क्षेत्रीय उपसभाति मेखबहादुर पुन, राष्ट्रिय मगर संघका देवेन्द्र रोका लगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

भेलामा नेताहरुले संबिधानको रक्षा, देशको बिकास, शुसासन र सम्बृद्धीका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको इतिहाँसले पुष्टि गरेको बताउदै जनतालाई बिचारबाट प्रशिक्षित गरेर संगठन बिस्तारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...