कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परिक्षण उत्पादन प्रभावित

Gandaki Pardesh notice

बेनी । कर्मचारीहरुमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन समयतालिका प्रभावित भएको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीखोलाले चैत १७ गते मंगलबारदेखि परिक्षण उत्पादन सुरु गर्ने तयारी सहित समय तालिका बनाएको थियो । गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुको नजिकको सम्पर्कमा रहेका ७६ जनाको स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो ।

पोखरा स्थित प्रयोगशालामा गरिएको स्वाब नमुनाको परिक्षणका क्रममा मिस्ट्रीखोलामा कार्यरत ११ जना र १ जना स्थानीयबासीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो । स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितहरुलाई नारच्याङमा रहेको कोरोना अस्पतालमा राखिएको छ ।

Shreekrishna hardwear in news

निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परिक्षण सकेपनि कर्मचारी र प्राबिधिकहरुलाई कोरोना पुष्टि भएपछि पुर्ब निर्धारित समयतालिका अनुसार परिक्षण उत्पादन गर्न समस्या भएको आयोजनाका स्थानीय प्रतिनिधि चुडामणी निरौलाले बताउनुभयो ।

“संक्रमित कर्मचारीहरुलाई छुट्टै आइसोलेशनमा राखेर बिद्युतगृहको काम गरिरहेका छौ,” उहाँले भन्नुभयो “स्थानीय सरोकारवाला र आयोजना ब्यवस्थापन पक्षसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आयोजना सञ्चालनका लागि पहल गरेका छौ ।”

Bhautik ministry notice about road

सुरुङ, पेनस्टक पाइपलाइन र बिद्युतगृहको परिक्षण सरेको आयोजनाले २०७८ बैशाख १ गतेदेखि ब्यवसायिक बिद्युत उत्पादन गर्ने समयतालिका बनाएको थियो । बिद्युतगृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परिक्षण सकिएको छ । बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको परिक्षण सफल भइसकेको छ ।

सन २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर बिद्युत उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।

रु. पाँच अरब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रु. ७० करोड, जलविद्युत विकास कम्पनीले रु. एक अरब र नेपाल बैंकले रु. ५० करोड ऋण लगानी गरेका छन् ।

यसैगरी नविल बैंकले रु. एक अरब, लक्ष्मी बैंकले रु.४० करोड, सिद्धार्थ बैंकले रु. ३० करोड र एस डेभलभमेन्ट बैंकको रु.३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ ।
साधारण सेयर पनि बाडफाँड भइसकेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि निर्माण सुरु भएको थियो ।

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन सुरु गरेको छ । अन्नपूर्ण–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन गत माघमा निर्माण सकिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...