ढकमक्क घोडेपानी (भिडियो खबर सहित)

Sinchai Khanipani notice

घोडेपानी, । पोखराको चिप्लेढुङ्गाकी सरिता सिग्देलको टोली शुक्रबार र शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी–पुनहिलको गुराँसको जंगल घुमेर फर्कनुभयो ।

गत वर्षको चैतमा बन्दाबन्दी भएपछि पोखरा देखि बाहिर नजानुभएकी सिग्देलले घोडेपानी क्षेत्रको प्राकृतिक सौन्दर्यले दुई दिनमै तनाममुक्त बनाएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“परिवारका सदस्य र छिमेकी सहित १२ जनाको समूह नयाँ पुल–घोडेपानी हुदै घान्द्रुकको पदयात्रामा आएका हौ,” उहाँले भन्नुभयो “बजार देखि टाढाको एकान्त वातावरण र मनोरम दृष्यले रिफ्रेस बनायो ।”

१० जनाको समूहमा घोडेपानी आउनुभएका बागलुङ बजारका राम्जी थापा पनि ढकमक्क फुलेका गुराँस, पहाड, हिमाल, सुर्योदयको दृष्यबाट मोहित भएको अनुभव सुनाउनुभयो । “कोरोनाको त्रासले धेरै समय सिमित ठाउँमा बस्नुपर्दा भएको उकुसमुकुस मेटाउन घोडेपानी घुम्न आएको हो । रमाइलो महशुस भयो ।”

बसन्त ऋतुको आगमनसंगै म्याग्दीको घोडेपानी लगायत उच्च पहाडी जंगलमा गुराँस फुलेर राताम्मे बनेको छ । एकै ठाउँमा फूलेका रंगिविरंगी गुराँसको सौन्दर्यले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ ।

बनैभरी राताम्मे फुलेका गुराँसका रंगले यहाँका जंगल निकै मनमोहक र आकर्षक बनेको छ । गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।

२०७६ चैत ११ गते बन्दाबन्दी भएपछि बन्द गरिएको घोडेपानी–पुनहिल भ्रमणका लागि २०७७ माघ १ गतेदेखि खुला गरिएको थियो । “बिदेशी पाहुना नआएपनि नेपालको विभिन्न सहरी क्षेत्रबाट घुम्न आउनेको संख्या बढ्दै गएको छ,” उहाँले भन्नुभयो “कोरोनाले थलिएको होटल र पर्यटन ब्यवसायलाई आन्तरिक पर्यटकले भरथेक गरेका छन् ।”

Bhautik ministry notice about road

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौ लगायत क्षेत्रबाट बिद्यार्थी, कर्मचारी र ब्यापारीहरु समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । दैनिक १५० देखि २०० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका छन् । पर्यटक आगमन सुरु भएसँगै चहलपहल बढेको छ । फागुन महिनासम्म सुनसान थियो ।

चैत–बैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमाली लगायत जातका गुराँस पाइन्छ । पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

विश्वमा ४२ प्रजातिको गुराँस पाईन्छ । नेपालमा ३२ प्रताजीका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातीका लालीगुराँस पाईन्छ । लालीगुराँस नेपालको राष्ट्रिय फुल पनि हो ।एकै स्थानमा धेरै प्रजातिका गुराँस पाईने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको दावी स्थानीयबासीको छ ।

अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, दुरलेक, बेनी नगरपालिकाको स्वर्गाश्रम, धवलागिरी गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसको ठूला जंगल छन् ।
पुनहिलको नजिकै पर्ने फुलबारीमा प्रदेश सरकारले रु. दश लाख खर्चेर गुराँस उद्यान बनाउन लागेको छ । २० रोपनी जमिनमा बनाउन लागिएको उद्यानको तारबार गर्नुका साथै शौचालय निर्माण गर्ने योजना छ । नेपालमा पाइने सबै प्रजातिका गुराँस एकै ठाउँमा अबलोकन गर्न सकिने बनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...