आवधिक योजना बनाउदै बेनी नगरपालिका

Shreekrishna hardware

बेनी । म्याग्दीको बेनी नगरपालिकाले पञ्चवर्षीय आवधिक रणनीतिक योजना बनाउने प्रक्रिया अघि बढाएको छ ।

आवधिक योजना बनाउनका लागि छनौट भएको परामर्शदाता राईडिसी कन्सल्टेन्ट प्रा.लीले मंगलबार बेनीमा बिषयगत समितिहरुसँग छलफल गरेको छ । परामर्शदाता कम्पनीका प्रतिनिधिले नगरपालिकाको हालको अवस्था झल्कने तथ्याङ्क र त्यसलाई सुधारका लागि अपनाउनुपर्ने नीतिगत पहलको बिषय प्रस्तुत गरेका थिए ।

नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक बिकासका लागि दिर्घकालीन सोचले निर्धारण गरेका लक्ष्य र उद्देश्यहरु प्राप्तिका लागि रणनीतिक आवधिक योजना बनाउन लागिएको हो ।

Shreekrishna

नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत शाखाका पमुख हरुको सहभागिता रहेको छलफलमा नगरपालिकाको भौतिक पुर्बाधार, सामाजिक, वन वातावरण, प्रकोप, आर्थिक, वित्तिय र संस्थागत बिकासको अवस्था, समस्या र त्यसलाई सुधार गर्न अपनाउनुपर्ने नीतिका बिषयमा छलफल भएको थियो ।

Ban devision notice

छलफलमा परामर्शदाताका प्रतिनिधिले बेनी नगरपालिकामा कुल १६३ किलोमिटर सडक निर्माण भएकोमा १० प्रतिशत कालोपत्रे, २० प्रतिशत ग्राभेल र ७० प्रतिशत कच्चि सडक रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

सहभागिहरुले सडकको मर्मत तथा स्तरोन्नति, खानेपानी सुबिधा बिस्तार, अधुरा क्रमागत योजनालाई निरन्तरता, नगर यातायात गुरुयोजना कार्यान्वयन, सिप र रोजगारमुलक शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधार, बिकास आयोजनालाई पारदर्शी, जनसहभागितामुलक र प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए ।

आबधिक योजनालाई आधार मानेर बजेट, नीति तथा कार्यक्रम ल्याउने जनप्रतिनिधिले बताएका छन् । रणनीतिक योजना अनुसार काम गर्न सजिलो हुने उनिहरुको अनुभव छ । जनप्रतिनिधि निर्वाचित भएको ४ वर्ष ढिला गरि बेनी नगरपालिकाले आवधिक योजना बनाउन लागेको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...