रघुगंगाका कृषकलाई कृषि सामग्री र औजार बितरण सुरु

Gandaki Pardesh notice

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री र औजार बितरण गर्न थालेको छ ।

कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन पचास प्रतिशत अनुदानमा सामग्री र औजार बितरण सुरु गरेको हो । मौवाँफाँटमा मंगलबार गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले कृषि सामग्री र औजार बितरण कार्यको सुरुवात गर्नुभयो ।

अध्यक्ष भण्डारीले गाउँपालिकाको सहयोगमा पाएको औजार र सामानको सदुपयोग गरेर कृषि उत्पादन वृद्धीका साथै आयआर्जनमा अग्रसर बन्न कृषकहरुलाई आग्रह गर्नुभयो । यान्त्रिक हलो (मिनिटेलर), पलास्टिक टनेल, बिषादी छर्केने स्प्रे, हाँगा काट्ने सिकेचर र पिसानी मिल उपलब्ध गराएको हो ।

Shreekrishna hardwear in news

२६१ जनालाई पलास्टिक टनेल, ७८ जनालाई स्प्रे, ७४ जनालाई सिकेचर, २९ जनालाई यान्त्रिक हलो, १० वटा पिसानी मिल, ८ वटा च्यापकटर र १३ वटा थ्रेसर बितरण गर्न लागिएको कृषि प्राबिधिक मनोज सुबेदीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

कृषकहरुलाई सामान खरिदको कुल मूल्यमा पचास प्रतिशत अनुदान उपलब्ध गराइएको छ । कृषि सामग्री खरिदमा आठ लाख र यान्त्रिकरणका लागि १६ लाख रुपैयाँ बिनियोजन गरेको थियो । कृषकको सहित रु. ४८ लाख मूल्य बराबरको सामग्री वितरण गरिएको हो ।

गत कात्तिक २० गतेको कार्यपालिका बैठकले पारित गरेको कृषि यान्त्रीकरण कार्यक्रम कार्यबिधि २०७७लाई आधार मानेर २०७७ मंसिर २१ देखि पुष ६ गतेसम्म कृषकहरुबाट माग सकलन गरिएको थियो ।

टनेल, सिकेचर, स्प्रे र बिउबिजन माग गरेका सबै कृषकले पाएका छन् । यान्त्रिक हलो, थ्रेसर, च्यापकटर र मिसानी मिल भने समुह र फर्मलाई उपलब्ध गराइएको छ । विभिन्न फर्महरुलाई प्रतिस्पर्धा गराएर सामान खरिदको न्युनतम मूल्य राखेर छनौट गरिएको र कृषक मार्फतनै भुक्तानी हुने प्रक्रिया रहेको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

१२० ग्रामको ६ मिटर चौडाई र १२ मिटर लम्बाई भएको पलास्टिक टनेल प्रतिगोटा पाँच हजार ८००, डिजेलबाट चल्ने ५.५ हर्सपावर क्षमताको यान्त्रिक हलोलाई ४७ हजार, घाँस पराल काट्ने च्यापकटर प्रतिगोटा ३८ हजार रुपैयाँका दरले आपुर्ति गरेका छन् ।

पिसानी मिल प्रतिगोटा २३ हजार ८००, थ्रेसर प्रतिगोटा ५९ हजार, सिकिचर प्रतिगोटा एक हजार पचास र स्प्रेयर दुई हजार पचास रुपैयाँ न्युनतम मूल्यमा सामान आपुर्ति गर्ने कबोलेका थिए । कुल मूल्यको पचास प्रतिशत कृषक, फर्म, सहकारी र समूहले ब्यहोरेका हुन् ।

तीन हजार किबी, तीन हजार दाँते ओखरका बिरुवा वितरण गरिसकेको गाउँपालिकाले बर्खा सिजनमा सुन्तलाजात फलफुल र केराका बिरुवा बितरण गर्ने जनाएको छ । कृषि ज्ञान केन्द्र र अन्य सरकारी निकायबाट सुबिधा नपाएका साना कृषकहरुलाई लक्षित गरेर सामग्री र औजार बितरण गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...