अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु

Gandaki Pardesh notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।

पर्यटन बिभागले ठेक्का मार्फत अन्नपूर्ण, निलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु गरेको हो । विभागका इञ्जिनियर सचिन्द्रदेब यादवले रु. दुई करोड ५० लाखमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण सुरु गरेको बताउनुभयो ।

“पदमार्ग, पुल र पोर्टर सेल्टर (आश्रयस्थल) बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “आवश्यकताका आधारमा डिजाइन अनुसार ठेकेदारले तोकिएको परिणाममा पुर्बाधार बनाउने सम्झौता भएको छ ।” आगामी आर्थिक वर्ष २०७८÷७९ मा पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
विभिन्न ठाउँमा ढुङ्गाको सिढी चिनेर, सोलिङ्ग गरेर, माटो, पहाड काटेर, रेलिङ्ग राखेर दुई मिटर फराकिलो पाँच किलोमिटर भन्दा बढी पदमार्ग बनाउने लक्ष्य छ । हुमखोला, फुतफुते झरना, भुसकेत र दुला भन्ने ठाउँमा भरिया तथा पर्यटक बस्न मिल्ने आश्रयस्थल बनाउन लागिएको छ ।
यस्तैगरी दुई ठाउँमा पुल निर्माण गर्ने योजना छ । १५ किलोमिटर दुरीको विभिन्न ठाउँमा पदमार्ग बनाउने गरि ठेकेदारले काम गरिरहेको संरक्षण क्षेत्र ब्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

Shreekrishna hardwear in news

हिमाल आरोहण भएको ७० बर्षपछि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । सन १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

Bhautik ministry notice about road

नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य सहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । पहिलो चरणमा मानिस मात्र हिड्न मिल्ने पदमार्ग बनाइएको छ ।

अक्करे पहाड काटेर मानिस हिड्ने बाटो बनाएका छन् । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ । गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिडी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पीङ पदयात्रा गर्नुपर्ने हुन्छ ।

नारच्याङ देखि छोटेपा, हुमखोला, भुसकेत हुदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण हो । फराकीलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।

समुन्द्री सतहदेखि चार हजार ५०० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुंङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...