मज्लाज भगवति कोत मन्दिर परिसरमा सत्तल निर्माण सुरु

Gandaki Pardesh notice

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज भगवति कोत मन्दिर परिसरमा सत्तल निर्माण सुरु भएको छ ।

कोत मन्दिरमा पुजाआजाका लागि आउने भक्तजनको सुबिधाका लागि निर्माण गर्न लागिएको सत्तलको मन्दिरका संरक्षक समेत रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिलन्यास गर्नुभयो ।

Bhautik ministry notice about road

जलजला गाउँपालिकाले पाँच लाख रुपैयाँ बिनियोजन गरेको सत्तल निर्माण योजना चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिलन्यास कार्यक्रममा अध्यक्ष मल्लले जलजलाको ऐतिहाँसिक धार्मिक स्थल मल्लाज कोत भगवति मन्दिरको बिकासमा गाउँपालिकाले सधै साथ दिने बताउनुभयो ।

Shreekrishna hardwear in news

मल्लाज भगवति कोत पुजा समितिका अध्यक्ष डम्मरबहादुर जिसीको अध्यक्षता, सचिव नबिन जिसीको सञ्चालन र उपाध्यक्ष मेघनाथ पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमको अवसरमा फागु पुर्णिमा पर्वको अवसरमा अबिर दलेर शुभकामना आदानप्रदान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...