बेनीमा मोतियाबिन्दुका बिरामीको निशूल्क शल्यक्रिया शिविर सुरु

Add Samajik bikash office

बेनी । बेनीमा आइतबार मोतियाविन्दुका बिरामीहरुको निशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुले आयोजना गरेको शिविर दुई दिनसम्म सञ्चालन हुनेछ् ।

Bhautik ministry notice about road

यसअघि पालिका स्तरमा सञ्चालन भएको शिविरमा पहिचान भएका ११० जना मोतिया बिन्दुको समस्या भएका बिरामीहरुको शल्यक्रिया गरिने शिविरका संयोजक लायन्स क्लवका जोन चियर पर्सन लोकेश पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

हिमालय आखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ, नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । शिविरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले उद्घाटन गर्नुभयो ।

यसअघि अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी, रघुगंगा गाउँपालिकाको भगवति, धवलागिरी गाउँपालिकाको फलियागाउँ, मंगला गाउँपालिकाको बाबियाचौर, बेनी नगरपालिकाको रत्नेचौर र जलजला गाउँपालिकाको मल्लजमा निशूल्क आँखा परिक्षण शिविर भएको थियो । एक हजार २९१ जनाको आँखा परिक्षण गरेर मोतियाबिन्दुका बिरामी पहिचान भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...