“तोरन ल्ह” मनाउदै थकाली समुदाय

Gandaki Pardesh notice

बेनी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगार पटार गरेका छन् । फागु पूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।

Shreekrishna hardwear in news

‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीहरुलाई सम्झिएर पुजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ शेरचनले भन्नुभयो ‘‘आफन्तहरुलाई बोलाएर मिठा मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’’ मुस्ताङको थासाङ गाउपालिकाको कोवाङ थकाली समुदायको उद्गम स्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहूल्य बसोबास छ ।
म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति दरवाङ क्षेत्रले रातोढुङ्गा र दाना क्षेत्रको आयोजनामा तिप्ल्याङ तारा खेल (आर्चरी) सुरु भएको छ ।

Bhautik ministry notice about road

तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातिय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थहरुमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ती कालदेखिनै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा बिधाको रुपमा मान्यता पाएको छ ।

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरु अल्पसंख्यक थकाली समुदायको भाषासंग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली सेवा समिति दरवाङ क्षेत्रका अध्यक्ष बिनोद भट्टचनले बताउनुभयो ।

एउटा समुहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र बिशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धानुका समेत घनुष बनाउने गरिएको छ ।
एक सय देखि डेढ सय मिटरको दुरिमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र मा कोपीएको आधारमा खेलको मूल्याङकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपीएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...