मालिका महोत्सव स्थगित

Gandaki Pardesh notice

बेनी । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा चैत २७ गते देखि आयोजना गरिएको प्रथम मालिका महोत्सव स्थगित भएको छ ।

कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेकाले नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव स्थगित गरिएको मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समितिले जनाएको छ ।

इकाइका अध्यक्ष लेकबहादुर पुनले आयोजक समिति र सरोकारवालाहरुको शनिबार दरवाङमा बसेको बैठकले अर्को निर्णय नहुँदा सम्मका लागि महोत्सव स्थगित गरिएको जानकारी दिनुभयो । चैत २७ देखि बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कोरोना जोखिम कम भएपछि महोत्सव नयाँ कार्यतालिको अर्को मिति तय गरिने अध्यक्ष पुनले बताउनुभयो । पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना भएको थियो ।

महोत्सवमा पुरुष÷महिला भलिबल, लोक दोहोरी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रर्दशनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारहरुको गायन प्रस्तुति तय भएको थियो ।

महोत्सवको १४ वटा उपसमिति बनाएर तयारी सुरु गरिएको थियो । ३३ लाख रुपैयाँ आम्दानी र २८ लाख रुपैयाँ खर्च हुने महोत्सवबाट बचत हुने रकम पर्यटन पूर्बाधार निर्माण र प्रर्वद्धनमा खर्च गर्ने उद्देश्य राखिएको थियो ।

दोस्रो लहरको कोरोनाको जोखिम बढेपछि गत बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले भिडभाडमा कडाई गर्दै भारतबाट आउनेलाई दश दिन अनिवार्य एकान्तबास बस्नुपर्ने लगायतका निर्णय गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...