बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

Sinchai Khanipani notice

बेनी, बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा शनिबार बिहान देखि सिधा यातायात सेवा बन्द भएको छ ।

उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा चैत ९ गते प्रजिअ हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले चैत १७ गतेसम्म सवारी आवत जावत रोकेर सडक बिस्तार र स्तरोन्नितिको काम गर्ने निर्णय गरेको थियो ।

Shreekrishna hardwear in news

सडक स्तरोन्नति, बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताउनुभयो ।

Bhautik ministry notice about road

सडक बन्द हुने स्थान बाहेकका ठाउँमा भने सवारी चल्ने भएका छन् । सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्ने ब्यवस्था मिलाएको यातायात ब्यवसायीले बताएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किमी सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

प्याकेज नम्बर २ को काभ्रेभीरमा पुस १९ गते देखि सडक चौडा गर्न शर्मा– गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहा एक किलोमिटर छ सय मिटर दुरिमा पहाड काट्नु पर्ने जनाईएको छ ।

काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।

करिब रु. ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना बि.स. २०७४ बाट निमार्ण सुरु भएको हो । ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सकिएको । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम –कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगती भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...