बेनी–अर्थुङ्गे सडकमा कालोपत्रे धमाधम

Sinchai Khanipani notice

बेनी,ः म्याग्दीको बेनी–अर्थुङ्गे सडक कालोपत्रे भइरहेको छ ।

बेनी नगरपालिका र पुर्बाधार बिकास कार्यालय म्याग्दीले कालोपत्रे गर्न लागेका हुन् । पुर्बाधार बिकास कार्यालय मार्फत ठेक्का लिएको श्रमजिवी निर्माण सेवाले महारानीथान र कुरिलाखर्क क्षेत्रमा कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

गत पुषमा रु. ५० लाख ९८ हजार ९४८ मा ठेक्का सम्झौता भएको थियो । कुरीलाखर्कमा १६० मिटर कालोपत्रे गरिसकेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाले महारानी थानमा थप १६० मिटर कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

प्रिमिक्स प्रबिधिको कालोपत्रे गर्ने लागिएको हो । ५.५ मिटर देखि ६ मिटर चौडाईमा कालोपत्रे गरिएको छ । आगामी असार महिनासम्म ठेक्काको म्याद भएपनि चैत महिनाभित्रनै काम सकेर हस्तान्तरण गर्ने तयारी गरेको बानियाले बताउनुभयो ।

बेनी नगरपालिका मार्फत ठेक्का लिएको खुसीहोम बिल्डर्सले आँपरुख, अर्थुङ्गे स्थित नेपाली सेनाको ब्यारेक मुनी र देउराली खण्डमा कालोपत्रे गर्न बेस बिछ्याउन थालेको छ । विभिन्न ठाउँमा २०० मिटर सडक ढलान गरिसकेको छ । ७०० मिटर नाली बनाएर सोही बराबरको दुरीमा प्रिमिक्स प्रबिधिको कालोपत्रे गर्न लागेको हो ।

Bhautik ministry notice about road

पुर्बाधार बिकासको योजनाको काम सकिएपछि त्यही उपकरण र मजदुर परिचालन गरेर नगरपालिकाको ठेक्काको पिच गर्ने खुसी होम बिल्डर्सका सञ्चालक मनोज कार्कीले बताउनुभयो ।

आँपरुख देखि अर्थुङ्गेको पुलाचौर जाने सडकको चोक जोड्ने सडकमा नाली बनाउने, ढलान गर्न र कालोपत्रे गर्न गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदुर र निर्माण सामग्रीको अभावका कारण प्रभाबित भएको थियो ।

गत वर्ष अधुरो बनेको यो आयोजनाको चैत महिनासम्म म्याद थपेर चालु आर्थिक वर्षमा निरन्तरता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीले बताउनुभयो । एक करोड ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना खुसीहोम बिल्डर्सले ८८ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

बेनी नगरपालिकाको ४ रघुगंगा गाउँपालिकाको २ वटा वडाका बासिन्दाले सदरमुकाम बेनी आवत जावत गर्न प्रयोग गर्ने यो सडक स्तरोन्नति गर्न बेनी नगरपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको छ । पूर्बाधार बिकास कार्यालयले पनि बिभिन्न खण्डमा स्तरोन्नति र ढलानको काम गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...