रत्नेचौरमा निशूल्क आँखा शिविरबाट साढे दुई सयले सेवा लिए

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बिहीबार निशूल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राबिधिक र सुदिप रावल स्मृति कोषको आर्थिक सहयोगमा रत्नेचौर जागरण समूहले आयोजना गरेको शिविरको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभएको थियो ।

शिविरमा २४७ जनाको आँखा परिक्षण गरिएकोमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने दुई जना बिरामी पहिचान भएका छन् । उनिहरुले चैत १४ र १५ गते बेनीमा हुने शल्यक्रिया सहितको आँखा उपचार शिविरमा रिफर गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेत्रज्योती संघका नेत्र सहायक दिनेश बानियाको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । आँखा परिक्षण, परामर्श, निशूल्क चश्मा बितरण सेवा दिइएको थियो ।

रत्नेचौर जागरण समूहका अध्यक्ष मन्नु रावलको अध्यक्षता, सचिव दानबहादुर महतको सञ्चालनमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा कोषाध्यक्ष हरिबहादुर महतले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानिया, सचिब राजेन्द्रकुमार श्रेष्ठ र तत्कालीन रत्नेचौर गाबिसका पुर्ब अध्यक्ष नेत्रबहादुर महत लगायत अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...