मोना यूएईद्धारा पत्रकार खत्रीद्धय सम्मानित

Gandaki Pardesh notice

बेनी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ ।

बेनीस्थित मोनाको मुख्य कार्यालयमा मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँसहित सम्मान पत्र प्रदान गर्नुभएको हो । सञ्चार माध्यममा रहेर विश्वमा रहेका नेपालीमाझ जिल्लाको गतिविधि सम्पे्रषण गर्दै आएका पत्रकारद्धय खत्रीलाई सम्मान गरिएको मोना युएइका अध्यक्ष राम्जालीले बताउनुभयो ।

Bhautik ministry notice about road

मोना युएईको कार्यसमितिको प्रथम बैठकबाट हरेक बर्ष जिल्लामा बसेर पत्रकारीता गर्ने दुईजना पत्रकारलाई सम्म्मान गर्ने निर्णय अनुसार पत्रकारद्धयलाई सम्मान गरिएको हो । समृद्ध साप्ताहिक खवर पत्रिका र म्याग्दी अनलाईनका सम्पादक कमल खत्री रासस र नयाँपत्रिका सँवाददाता र म्याग्दी मिडिया सोसाईटीको अध्यक्ष हुनुहुन्छ ।

Shreekrishna hardwear in news

कोरलापोष्ट डटकमका प्रकाशक धिरन खत्री समृद्ध साप्ताहिक खवर पत्रिका, म्याग्दी अनलाईन, कारोबार दैनिक र एभिन्युज टेलिभिजनको संवाददाता हुनुहुन्छ । रोजगार र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देली युवाहरुले जिल्लामा हुने बाढी पहिरोबाट पीडित र विरामीहरुको उपचारमा आर्थिक सहयोग गर्दै आएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...