मापदण्ड पुरा नगरेका निजी स्वास्थ्य संस्थालाई कारबाही प्रक्रिया अघि बढाउने बेनी नगरकार्यपालिकाको निर्णय

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिकाले खुल्ला मञ्चको खेलमैदान र क्याम्पसचोकको ढल ब्यवस्थापनका लागि थप बजेट बिनियोजन गरेको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको ६६ औ कार्यपालिका बैठकले क्याम्पसचोकको ढल निकासको लागि ५० लाख र खुल्ला मञ्च खेलमैदान निर्माणका लागि ४० लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाका प्रवत्ता समेत रहनुभएका वडा न. ८ का अध्यक्ष रामकृष्ण बराइलीले बिहीबार वडा कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर बैठकका निर्णय सार्वजनिक गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

लैङ्गिक हिंसा निवारण कोष संचालन कार्यबिधी २०७७ पारित भएको छ । नगरपालिकाले स्थापना गरेको रु. एक लाखको कोषको बजेट कार्यान्वयनका लागि कार्यबिधी बनाएको हो ।

Bhautik ministry notice about road

सामाजिक बिकास मन्त्रालय र बेनी नगरपालिकाको साझेदारीमा ड्राइभिङ, ब्युटीपार्लर, पलम्बिङ, इलेक्ट्रिसियन र मन्टेश्वरी तालिम सञ्चालन गर्ने निर्णय भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको ब्यवसायिक कृषि बिकास कार्यक्रमको लागि पकेट क्षेत्र छनौट भएको छ ।

बेनी नगरपालिका–२ को स्यानालेक कृषक समूह मार्फत खाद्यान्नबाली र वडा न. ५ को भगवति कृषक समूह मार्फत मौरीपालन पकेट क्षेत्रको कार्यक्रम सञ्चालन गरिने भएको छ । पकेट क्षेत्रको लागि १२ लाख रुपैयाँ बजेट आएको छ ।

यसैगरी बेनी नगरपालिका–२ हाडेभिर र वडा न. ३ भकिम्लीको छेपारेमा रहेको साझा सुबिधा केन्द्रको भवन मर्मत गर्ने निर्णय समेत भएको प्रबक्ता बराइलीले जानकारी दिनुभयो ।

बेनी नगरपालिका–७ र ८ मा सञ्चालन भएका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकाहरुलाई नबिकरण गर्ने र मापदण्ड पुरा गर्न आलटाल र अटेरी गर्ने संस्थाहरुलाई स्पष्टिकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरिएको प्रबक्ता बराइलीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...