बिदेशबाट आउनेलाई दश दिन क्वारेन्टिनमा राखिने

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा राखिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्बपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पुर्बतयारी, सतर्कता र ब्यवस्थापनका लागि १५ बुदे निर्णय गरेको हो ।

निर्णय अनुसार विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दि क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरीखोला जलबिद्युत आयोजनामा काम गर्न भारतबाट आएका चार जना मजदुर र जिल्ला कारागारका एक जना कैदीमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर विदामा आउनेलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टाइन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।

त्यसैगरी बेनी अस्पतालमा चेकजाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक संघसंस्थाले अनिवार्य साबुनपानीले हात धुने ब्यवस्था मिलाउने लगायतका निर्णय भएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लामा भीडभाड हुने कार्यक्रमलाई समेत कडाई गरिने भएको छ ।

काममा आउने मजदुरलाई कोरोना परीक्षण तथा क्वारेन्टाइनमा नराखी काममा खटाइएको अवस्थामा सम्वन्धित कम्पनी तथा व्यक्तिलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा सहभागी केही प्रतिनिधिहरुले भने बिदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने तर विभिन्न ठाउँमा मानिसहरुको भिडभाड हुने मेलाजात्रा र महोत्सव नियन्त्रणमा बेवास्ता गरिएको भन्दै निर्णय प्रति असहमति जनाएका छन् ।

राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छबी बिश्वकर्माले संघीय सरकारले जारी गरेको निर्देशन र आग्रह बिपरित म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही ब्यापारीहरुको दवाव र प्रभावमा उनिहरु अनुकुलको निर्णय गरिएको भन्दै असन्तुुष्टि जनाउनुभएको छ ।

दरवाङमा चैत अन्तिम हप्तादेखि मालिका महोत्सव र बेनीमा नयाँ वर्षको अवसरमा लोक सांस्कृतिक उत्सवको आयोजना गरिएको छ । यसैगरी फागुपुर्णिमा पर्वको अवसरमा पनि गाउँ गाउँमा मेला आयोजना भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...