आठ महिनामा २१ जना क्षयरोगी पहिचान

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको अवधिमा २१ जना नयाँ क्षयरोगी पहिचान भएका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत साउन महिना यता २१ जना क्षयरोगी पहिचान भएका जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले गत वर्ष पहिचान भएका ३ सहित यस वर्ष २४ जना क्षयरोगीहरुको स्वास्थ्यकर्मीहरुको निगरानीमा उपचार भइरहेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकामा ११, मंगला गाउँपालिकामा ४, मालिकामा ३, अन्नपुर्णमा २ र धवलागिरीमा १ जना क्षयरोगी भेटिएका छन् । रघुगंगा गाउँपालिकामा यो वर्ष क्षयरोगी भेटिएका छैनन् ।

Bhautik ministry notice about road

गत आर्थिक वर्ष २०७६÷०७७ मा ४६ जना क्षयरोगी पहिचान भएकोमा ४३ जना निको भएका थिए । यस वर्षको साउन महिनायता १४ जनाको उपचार भएको छ । छ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग निको हुन्छ ।

स्वास्थ्य संस्थाहरुमा शंकास्पद बिरामीको खकार संकलन र उपचारको सुबिधा रहेको स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन गणेश सुबेदीले जानकारी दिनुभयो । म्याग्दीमा पहिचान भएका बिरामीको उपचार र निको हुने दर ९१ प्रतिशत छ ।

उपचार र निको हुने दर सन्तोष जनक भएपछि शंकास्पद बिरामीको पहिचान चुनौतिको रुपमा रहेको छ । दुई हप्तासम्म लगातार खोकी र ज्वरो आएमा स्वास्थ्य संस्थामा खकार परिक्षण गराउन बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले आग्रह गर्नुभयो ।

५ वर्ष मुनीका क्षयरोगी बालबालिकाको उपचारका लागि पछिल्लो पटक प्रिभेन्टिभ थेरापी उपचार बिधिको बिकास भएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...