युवा संगठन म्याग्दीको अध्यक्षमा नबिन बिक चयन

Gandaki Ghumau

बाबियाचौर । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल म्याग्दीको मंगलबार बाबियाचौरमा भएको प्रथम भेलाले नबिन बिश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।

सरकारले विप्लप नेतृत्वको नेकपालाई गरेको प्रतिबन्ध खुला गरेपछि म्याग्दीमा पहिलो पटक खुल्ला कार्यक्रम गरेका हुन् । संगठनको उपाध्यक्षमा उज्वल केसी, सचिवमा टुङ्गप्रसाद पौडेल र कोषाध्यक्षमा मनबहादुर रोका रहनुभएको सो संगठनले जनाएको छ । भेलालाई सम्बोधन गर्नुहुदै नेकपाका धौलागिरी ब्युरो इञ्चार्ज धु्रब घिमिरे (विप्लप)ले पुँजिवादी व्यवस्थाका बिरुद्ध युवाहरु संघर्षमा एकिकृत हुन आवश्यक भएको बताउनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna

भेलालाई नेकपा म्याग्दीका इञ्चार्ज शुशिला बिक (दिपा), मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर), ब्युरो कार्यालय सदस्य नबिन, अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सचिव उषा घर्ति घिमिरे, युवा संगठन नेपालका ब्युरो इञ्चार्ज बिजय, अखिल क्रान्तिकारीका ब्युरो संयोजक सुरेन्द्र बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो । रमेश पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नबिन बिश्वकर्माले गर्नुभएको थियो ।

तस्बिरहरु उषा घर्तिको फेसबुक पेजबाट

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...