दरवाङको निशूल्क आखाँ शिविरबाट ३१३ जना लाभान्वित

Gandaki Pardesh notice

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

लायन्स क्लव अफ म्याग्दी पिस सिटी र दरवाङ म्याग्दीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा द्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा तीन दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा ३१३ जनाको आँखा परिक्षण भएको र १७ जना मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका लायन्स क्लवका मोतिराज गौतमले जानकारी दिनुभयो । मोतियाबिन्दुका बिरामीहरुलाई चैत १५ र १६ गते बेनीमा आयोजना हुने शिविरमा निशूल्क शल्यक्रियाका लागि रिफर गरिएको छ ।

Shreekrishna hardwear in news

दरवाङ आँखा उपचार केन्द्रका नेत्र सहायक सबिना बराल लगायत दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । यसअघि अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी, रघुगंगा गाउँपालिकाको भगवति, धवलागिरी गाउँपालिकाको फलियागाउँ, मंगला गाउँपालिकाको बाबियाचौर र जलजला गाउँपालिकाको मल्लजमा निशूल्क आँखा शिविर भएको थियो ।

Bhautik ministry notice about road

लायन्स क्लवहरुले बेनी अस्पताल, नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा शिविर आयोजना गरेका थिए । बाबियाचौरमा २५१ जनाको आँखा परिक्षण भएकोमा १९ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका थिए ।

फलियागाउँमा १८७ जनाको आँखा परिक्षण भएकोमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने ९ जना बिरामी पहिचान भएका थिए । मल्लाजको शिविरमा १५१ जनाको आँखा परिक्षण भएकोमा ८ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएका छन् ।

भगवतिमा २७१ जनाको आँखा परिक्षण गरिएकोमा शल्यक्रिया गर्नुपर्ने ७ जना पहिचान भएका थिए । अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानीमा भएको शिविरमा ११८ जनाको आँखा परिक्षण भएकोमा ८ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान भएका थिए ।

पालिका स्तरको शिबिरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरुको बेनीमा चैत १५ र १६ गते हुने शिविरमा शल्यक्रियाको ब्यवस्था मिलाएको लायन्स क्लवहरुले जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...