बेनीको मंगलाघाटबाट लागू औषध सहित एक युवा पक्राउ

Gandaki Kotihome

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटबाट एक युवालाई ठूलो परिणामको लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध सहित सोमबार दिउँसो डेराबाट पक्राउ परेका रघुगंगा गाउँपालिका–६ कोटगाउँका २१ वर्षीय साजन शेरपुञ्जालाई म्याग्दी प्रहरीले मंगलबार साँझ प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।

डाईजेपाम–९९ एम्पुल, फेनारागन–९९ एम्पुल र नुर्फिन–९९ एम्पुल गरि कुल २९७ एम्पुल लागू औषध सहित शेरपुञ्जालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

जिल्ला प्रहरी कार्यालयबाट गोप्य सूचनाको आधारमा खटिएको टोलीले शेरपुञ्जाको कोठामा छापा मार्ने क्रममा खाटमाथि झोलाभित्र लुकाएर राखेको अवस्थामा लागू औषध बरामद गरेको हो । शेरपुञ्जालाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ (दण्ड सजाय) को दफा १४ (झ) बमोजिम दुई वर्षदेखि दश वर्षसम्म कैद र रु. एक लाख देखि बीस लाख रुपैयाँ सम्म जरिवानाको ब्यवस्था रहेको प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...