दरवाङमा प्रथम मालिका महोत्सव आयोजना

Gandaki Ghumau

दरवाङ । म्याग्दीको दरवाङमा महोत्सव आयोजना गरिएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा २०७७ चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघको इकाईका सभापति लेखबहादुर पुनले पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“कोरोनाका कारण थलिएको यहाँको पर्यटन र ब्यापार ब्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो,”उहाँले भन्नुभयो “महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

महोत्सवमा पुरुष÷महिला भलिबल, लोक दोहोरी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रर्दशनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारहरुको गायन प्रस्तुति रहने उद्योग वाणिज्य संघ मालिका इकाईका सचिव अमृत सापकोटाले बताउनुभयो ।

Gunasthariya Shiksya

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले ओझेलमा परेका प्राकृतिक स्थल, कला, संस्कृति र खेलप्रतिभाको उजागरका साथै पर्यटन प्रर्वद्धन गरि कोरोनाले थला परेको ग्रामिण क्षेत्रको ब्यापार ब्यवसायलाई चलायमान पार्न महोत्सवले सहयोग गर्ने बताउनुभयो ।

मालिका धुरि, दुरलेक, देबिस्थान मालिका, सोलेडाँडा, स्लेट र तामा खानी, भाले बास्ने, निस्कोट, बिम बराह र गाइखर्क ताल लगायतका पर्यटकीय स्थल छन् । लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय हुनेलाई क्रमश ः रु. ७५ हजार, ५० हजार र ३० हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः रु. ७० हजार, ५० हजार र ३० हजार, महिला भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश रु. ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

कृषि प्रर्दशनीमा प्रथम, द्धितीय र तृतीयलाई क्रमश रु. १० हजार, पाँच हजार र तीन हजार तथा नौमति बाजामा सहभागि समूहलाई छ÷छ हजार र ख्याली नृत्यमा सहभागिलाई पाँच ÷पाँच हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । लोकगायक खड्ग गर्बुजा, कुमार पुन लगायत कलाकारहरुको प्रस्तुत महोत्सवको थप आकर्षण हो ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुहुने महोत्सवको १४ वटा उपसमिति बनाएर तयारी सुरु भएको छ । रु. ३३ लाख आम्दानी र २८ लाख खर्च हुने महोत्सवबाट बचत हुने रकम पर्यटन पूर्बाधार निर्माण र प्रर्वद्धनमा खर्च गरिने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सन्तोष पौडेल र म्याग्दी उद्योग बाणिज्य संघका सदस्य गोपालप्रसाद रेग्मीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...