जलजलामा हात्तिपाइले बिरुद्धको औषधी खुवाइदै

Gandaki Pardesh notice

साजन परियार
मिलनचोक । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा सोमबार हात्तिपाइले रोग निवारण सम्बन्धी गोष्ठि सम्पन्न भएको छ ।

पर्वत, बाग्लुङ र लमजुङ जिल्लामा यही चैत २० गते सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि जलजला गाउँपालिकाको स्वास्थ्य शाखाले गोष्ठिको आयोजना गरेको हो ।

कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक राजु बोहोराले जलजलाका ९ वटा वडामा स्वास्थ्यकर्मी र स्वमसेविकाहरुको समूहले ४५ स्थानमा पुगेर औषधी खुवाउने तयारी गरेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रति वडामा २० जनाका दरले ९०० जना परिचालन हुने भएका छन् । पहिलो चरणमा टोलटोलमा पुग्ने र छुटेकालाई घरमै पुगेर औषधी खुवाइने संयोजक बोहोराले बताउनुभयो । हात्तिपाइले रोगबाट बच्नका लागि औषधी सेवन गर्नुपर्छ ।

पोथी लामखुट्टको टोकाईबाट सर्ने र परजिविका कारणले हुने हात्तिपाइले रोगले मानिसलाई शारिरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउँछ । शरिरमा यो परजीवि प्रबेश गरेको केही बर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुन्छ ।

यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिंदैन । हात्तीपाईले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ ।

अनमी पार्वती थापाको सञ्चालन र हेल्थ असिस्टेन्ट गणेश मल्ल्को स्वागतमा भएको कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले हात्तिपाइले बिरुद्धको औषधी खुवाउने अभियानमा ब्यापक जनसहभागिता र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...