शिखमा अबैध रुपमा बसेका पर्यटकको बारेमा जिल्ला प्रशासन कार्यालय म्याग्दी बेखबर

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक जना अमेरिकी नागरिक अबैध रुपमा बसेका छन् ।

नेपाल भ्रमणको भिसा सकिएको एक वर्ष भन्दा बढी समय भएपनि ती नागरिक आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालीफोर्नीयाका ५२ वर्षका प्रि जोइल आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् ।

भ्रमणमा आएका बिदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानुन छ । बाध्यात्मक कारण भएमा अध्यागमन बिभागबाट म्याद थप गर्नुपर्छ । अबैध रुपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन बिभाग मार्फत सम्बन्धित देशको दुताबासमा बुझाउने कानुनी प्रक्रिया छ ।

Shreekrishna hardwear in news

नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनु अघिनै अमेरिकाले दुवाबास मार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लकडाउन हटेपछि अधिकांश भिसा सकिएका बिदेशी नागरिकहरु कानुनी प्रक्रिया पुरा गरेर आफ्नो देश फर्किएका छन् ।

Bhautik ministry notice about road

२०७६ मंसिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ गते सकिएको थियो । त्यसपछि नेपाल बस्ने उनलाई कानुनी अनुमति छैन् ।

होटलकी सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताउनुभयो । “केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ,” उहाँले भन्नुभयो “कसरी पठाउने भन्ने अलमलमा परेका छौ । गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दुतावासमा लगेर बुझाइदिने भन्नुभएको छ ।”

एक्लै रहेका जोइलले असामान्य ब्यवहार र गतिबिधी गर्छन् । खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्ले डुल्ने गर्छन् । स्थानीयबासीले उनको मानसिक अवस्था र गतिबिधिप्रति शंका गरेका छन् । कतिपय बिदेशी नागरिकहरु आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापलेनै पहल गर्नुपर्ने भएपनि नगरेपछि आफैले अमेरिकी दुताबासमा लगेर बुझाइदिने तयारी गरेको बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अबैध रुपमा बसेका नागरिकको बिषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालय बुझाई स्वदेश फिर्ति प्रक्रिया अघि बढाउने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...