बागलुङ–बेनी सडक दैनिक तीन घण्टा बन्द

Gandaki Ghumau

बेनी । स्तरोन्नतिका लागि बागलुङ–बेनी सडक सोमबार देखि दैनिक तीन घण्टा बन्द हुन थालेको छ । बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि सवारी आवत जावत बन्द गरिएको हो ।

बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी आवत जावत बन्द गरिएको निर्माण ब्यवसायीले जनाएका छन् । निर्माण ब्यवसायी प्रदिप सापकोटाले पुर्बाधार बिकास कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग समन्वय गरेर सवारी साधन रोकेर काम गर्न थालिएको बताउनुभयो ।

“साँघुरो ठाउँमा एक्साभेटर प्रयोग गरेर पहाड फुटाउदा सवारी साधन आवत जावत गर्दा दुर्घटनाको जोखिम र काम प्रभावित हुने भएकाले समय मागेका हौ,” उहाँले भन्नुभयो “असार सम्म सम्पन्न गर्नुपर्ने कामलाई तिब्रता दिन सवारी रोक्ने समय थप गर्न आवश्यक छ ।” करिब दुई सय मिटर दुरीमा पहाड काटेर सडकलाई १० मिटर पराकिलो पार्न लागिएको हो ।

Shreekrishna

पुर्बाधार बिकास कार्यालय म्याग्दीले बागलुङ–रत्नेचौर–बेनी सडक आयोजना अन्तरगत खबरा देखि हाडेभिरको मोटरेबल पुल जोड्ने सडक कालोपत्रे गर्न २०७७ साउनमा बिरुवा–सिमरन जेभीसँग कर सहित पाँच करोड ४३ लाख ३७ हजार ५९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

Gunasthariya Shiksya

२०७८ असार ३० गतेभित्र काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । हाल सम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । सडक बिस्तार गर्ने, पर्खाल लगाउने, नाली लगायतका संरचना निर्माणका काम भैरहेको छ । निर्धारित समयभित्रै आयोजनाको काम सक्ने तयारी सहित मजदुर र उपकरण परिचालन गरेको सापकोटाले बताउनुभयो ।

एक किलोमिटर २०० मिटर सडक आठ मिटर चौडाईमा कालोपत्रे हुन लागेको हो । यसअघि ११ मिटर चौडा गराउने भनिएको सडक पहिरोको जोखिमका कारण चौडाई घटाइएको हो । बागलुङ देखि रत्नेचौर हुदै खबरा सम्मको सडक कालोपत्रे भइसकेको छ ।

रत्नेचौर देखि खबरा सम्मको सडक कालोपत्रे नसकिदै लकडाउन भएर रोकिएको थियो । बर्खामा पहिरोले धेरै ठाउँमा क्षति पुराएको छ । देब एण्ड सायर–बिएन जेभीले ठेक्का लिएको रत्नेचौर–खबरा खण्डको सडक निर्माण नसकिदै जिर्ण बनेको छ । जिर्ण सडकमा दुर्घटनाको जोखिम छ ।

म्याग्दी र बागलुङ जिल्लालाई जोड्ने यो सडक म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा बेनी सडकको बैकल्पिक मार्ग हो । बि.स. २०५२ मा बागलुङ–बेनी सडकको मार्ग खुलेको थियो । मार्ग खुलेको २५ वर्षपछि सडक स्तरोन्तिले पुर्णता पाउन लागेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...