गाउँपालिकाको आम्दानी गुम्यो

Sinchai Khanipani notice

घोडेपानी । पर्यटक आगमन ठप्प हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको चालु आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ ।

पर्यटकीय स्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शूल्क उठाउन नपाएपछि गाउँपालिकाको एक करोड रुपैयाँ भन्दा आम्दानी गुमेको हो । गत आर्थिक वर्ष २०७६÷७७ मा घोडेपानी–पुनहिल प्रवेश शूल्क र त्यहाँ चिया पसल सञ्चालनका लागि ६५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो ।

यसैगरी तातोपानी कुण्डको प्रवेशशूल्क उठाउन र त्यहाँ रेष्टुरेन्ट चलाउन ५५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा पुनहिलमा ८० लाख र तातोपानीमा ७० लाखमा ठेक्का लागेको थियो ।

Shreekrishna hardwear in news

घोडेपानी पुनहिल भ्रमण र तातोपानी स्नानका लागि नेपालीलाई प्रतिव्यक्ति ५० र बिदेशीलाई १०० रुपैयाँ शूल्क तोकिएको छ । यस वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीय स्थलको प्रवेश शूल्क उठाउने ठेक्का लगाउन नसकिदा आयस्रोतमा असर परेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

गत असारमा भएको गाउँसभाले घोडेपानी पुनहिल र तातोपानीको ठेक्काबाट १५÷१५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्षको आठ महिनासम्म पर्यटक गतिबिधि चलायमान हुन नसकेपछि आइतबार भएको गाउँसभाले तातोपानीबाट एक लाख र घोरेपानीबाट ५० हजार रुपैयाँ आम्दानी हुने गरि बजेट संसोधन गरेको छ ।

एक लाख पचास हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी र पाउद्धार तातोपानी कुण्डबाट १५÷१५ हजार र पचास हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट पाँच हजार आम्दानी हुने गरि करको दर घटाएको छ ।

अमानतमा तोकिएको रकम बुझाएर शूल्क बुझाउनेलाई जिम्मेवारी दिने गाउँपालिकाले जनाएको छ । पर्यटकको प्रवेश शूल्क अन्नपूर्ण गाउँपालिकाको मुख्य आन्तरिक आयस्रोत हो । यस वर्ष कोरोनाले आम्दानीसँगै सो परिचालन गरेर हुने बिकास गतिबिधि समेत प्रभावित भएको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बगर क्षेत्रमा नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि भने ठेक्का लागेको छ । गत बर्ष अन्नपूर्णको बगरमा ठेक्का नलाग्दा आम्दानी गुमाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...