छ वटा बल्क आयोजना थपिए

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७७÷७८ देखि छ वटा व्यवसायिक कृषि उत्पादन केन्द्र (बल्क) आयोजना सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुन्तला, आलु र धानको बल्क आयोजना सुरु भएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले जिल्लाका छ वटै स्थानीय तहलाई समेटेर ब्लक आयोजना छनौट गरिएको जानकारी दिनुभयो ।

बेनी नगरपालिकाको वडा न. ४ मा पर्ने बास्कुना, सुर्केमेला, थामडाडा र मंगला गाउँपालिकाको वडा नम्बर ३ बरंजालाई सुन्तलाको बल्क बनाइएको छ । मालिका गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडामा पनि सुन्तला बल्क सञ्चालन हुने भएको छ ।

Shreekrishna hardwear in news

रघुगंगा गाउँपालिकाको कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको नागी, राम्चे र काफलडाडा र मंगला गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाको माथिल्लो क्षेत्रलाई आलु बल्क बनाइएको छ । धवलागिरीको ताकमलाई धानको बल्क कार्यक्रममा छनौट गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Bhautik ministry notice about road

कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र ब्यवसायीकरण गरि लागत घटाउने, उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य सहित आयोजना लागू भएको कार्यालयका प्रमुख गोबिन्दराज कोइरालाले बताउनुभयो ।

हिमाली जिल्लामा खाद्यान्नको ब्लकमा ५० हेक्टर, आलुमा २० हेक्टर र फलफुलमा ३० हेक्टर क्षेत्रफल तोकिएको छ । म्याग्दी गत वर्षदेखि हिमाली जिल्लामा सूचिकृत भएको छ । आयोजना कार्यान्वयनका लागि प्रभावित क्षेत्रका अगुवा कृषक, कृषक समूह र कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको भेला मार्फत सञ्चालक समिति गठन प्रक्रिया सुरु भएको छ ।

यसअघि बेनी नगरपालिकाको २, ३, मंगलाको ३, ४ र ५ नम्बर वडालाई मकै तथा बेनी नगरपालिका क्षेत्रलाई तरकारी बल्क बनाइएको थियो । बल्क आयोजना दुई वर्षसम्म कार्यान्वयन हुन्छ । यस वर्ष म्याग्दीमा बल्क आयोजना सञ्चालन गर्न रु. एक करोड ३६ लाख बजेट आएको छ ।

सबै बल्क आयोजनाको सञ्चालक समितिले छनौट गरेका योजना र कार्यक्रमका लागि प्रति आयोजना रु. २२ लाख ७२ हजारका दरले बिनियोजन गर्ने निर्णय भएको छ । समिति मार्फत मलबिउ, उपकरण खरिद, प्राबिधिक सहयोग, पुर्वाधार निर्माण र बजारीकरणमा सघाउ पुग्ने क्रियाकलापमा सघाउने कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । कृषकहरुले ५० देखि ८५ प्रतिशत सम्म अनुदान पाउँछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...