रघुगंगामा मंगोल नेशनल अर्गनाईजेशनको गाउँसभा गठन

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा टकबहादुर पुर्जाको अध्यक्षतामा मंगोल नेशनल अर्गनाईजेशनको १५ सदस्यीय गाउँपालिका सभा गठन भएको छ ।

झिँमा शनिबार भएको प्रथम अधिवेशनले सो पार्टीको पालिका कमिटिको सचिवमा धनबहादुर शेरपुञ्जा, सहसचिवमा प्रकाश पाईजा, कोषाध्यक्षमा खिममाया थजाली र प्रचारप्रसाद सचिवमा गगन पुनलाई चयन गरेको छ ।

सदस्यहरुमा पदमबहादुर शेरपुञ्जा, तुलप्रसाद गर्बुजा, मिन थजाली, शुशिल तिलिजा, राजु बिक, लोकन गर्बुजा, दिपक तिलिजा, शिव बिक, पदम बुद्धुजा, प्रतिक्षा बिक रहनुभएको छ । भिमप्रसाद शेरपुञ्जाको संयोजकत्वमा २ सदस्य पछि थप हुने गरि ३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य प्रेम छिरिङ शेर्पाले अस्तित्व र मंगोलबाद दर्शनको बिषयमा प्रष्ट पार्दै मंगल नेशनल नेपालको उदाउँदा राजनीतिक शक्ति भएको बताउनुभयो । बैचारिक क्रान्तिबाटै देशमा समानता, भातृत्व, स्वतन्त्रता, मानव अधिकार, दिगो शान्ति र दिगो बिकास सहितको लोकतान्त्रिक समाजवाद स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिका अधिवेशन आयोजक सभाका संयोजक पदमबहादुर शेरपुञ्जाको अध्यक्षता, जिल्ला सभाको प्रचारप्रसार सहसचिव बिकास पुनको सञ्चालन र मिनु थजालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य रणबहादुर फगामी, दोस्रो जिल्ला अधिवेशन संयोजक डिके पुन, प्रचारप्रसार सचिव एलिस रोका, आर्थिक संयोजक दिपक पुन, धवलागिरी गाउँपालिका अध्यक्ष ओमराज मगर, मालिका गाउँपालिकाका अध्यक्ष तेजिन्द्र जुग्जाली, अन्नपूर्णका सल्लाहकार राम गर्बुजा मगर लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...