क्षेत्री समाजको नयाँ कार्यसमिति

Gandaki Ghumau

बेनी । लक्ष्मी कार्कीको अध्यक्षतामा क्षेत्री समाज म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ ।

समाजको शनिबार बेनीमा भएको १५ औ साधारणसभा तथा पाँचौ अधिवेशनबाट कार्र्कीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा कृष्णसिंह बानिया, द्धितीय उपाध्यक्षमा देबेन्द्र घिमिरे, तृतीय उपाध्यक्षमा कमला जिसी, सचिवमा हेम भण्डारी, कोषाध्यक्षमा याम बानिया, सहसचिवमा धनदेबी भण्डारी र सहकोषाध्यक्षमा भावना क्षेत्री चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

सदस्यहरुमा पुष्पा थापा, पबित्रा बोगटी केसी, सुनिता केसी, सिता कुँवर, सिता केसी, भिमकुमारी भण्डारी, शर्मिला थापा, सुनिल बानिया, बिनोद जिसी चयन हुनुभएको छ । सर्बसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।

Shreekrishna

समाजका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, राप्रपाका केन्द्रिय सदस्य एकेन्द्रबहादुर रावल लगायत अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
क्षेत्री समुदायको जातीय हक अधिकार प्राप्ति र रक्षाको साथै कला, संस्कृति, पहिचान संरक्षणमा योगदान पु¥याएको क्षेत्री समाजले बेनीमा आफ्नै सामुदायिक भवन समेत बनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...