पुर्णिमाको टोली अन्नपूर्ण आरोहणमा

Gandaki Pardesh notice

पोखरेबगर । नेपाली पर्वतारोही पुर्णीमा श्रेष्ठको टोलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्ने भएको छ ।

हिमाल आरोहणका लागि आधार शिविर तर्फ जान लागेको पत्रकार समेत रहेकी श्रेष्ठको टोलीलाई अन्नपूर्ण गाउँपालिकाले शनिबार सम्मान सहित बिदाई गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, लेखा अधिकृत जय सुबेदी लगायतले बिदाई गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

यसअघि शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सो टोलीलाई बिदाई गर्नुभएको थियो । कोरोना पछि र नारच्याङ हुदै “मौरिज हर्गोज” पदमार्ग भएर अन्नपूर्ण आरोहणका लागि जाने यो पहिलो टोली हो । सेभेन समिट टे«क मार्फत आरोहण गर्न लागेको यो टोलीमा अन्य १६ जना बिदेशी आरोही छन् ।

मौरिज हर्गोज पदमार्ग र आधार शिविरको प्रसारप्रसारका लागि जोखिमयुक्त मानिने अन्नपुर्ण हिमाल आरोहणका लागि एक वर्षअघि बनाएको योजना कोरोनाले रोकिएको र अहिले त्यसलाई सफल पार्न लागेको आरोही श्रेष्ठले बताउनुभयो ।

पेम्बा शेर्पा यो आरोहण समूहको शेर्पा रहनुभएको छ । कारोबार आर्थिक दैनिकमा कार्यरत गोरखा आरुघाटकी पुर्णीमाले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

करिब एक महिना आधार शिविर क्षेत्रमा रहने टोलीले जनाएको छ । मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि चिनिया सञ्चार संस्था सिन्ह्वाकी पत्रकार सृष्टि काफ्ले लगायतको टोली पनि आधार शिविर जादैछ ।

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो । अन्नपूर्ण ८ हजार मिटर भन्दा अग्लो पहिलो मानव पालिका परेको जेठो हिमाल हो । मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुदै आधार शिविर जोड्ने पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आरोही टोलीलाई व्यक्तिगत रुपमा एक लाख र गाउँपालिकाबाट चार लाख रुपैयाँ बजेट उपलब्ध गराएको बताउनुभयो । गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामाकरण, नक्साङ्कन, पुर्बाधार निर्माण र प्रर्वद्धन सुरु गरेको अध्यक्ष पुनले बताउनुभयो ।

‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको संख्या कम भएको हो । नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन् ।

गण्डकी प्रदेश सरकारले पुर्णिमाको आरोहण टोलीलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सफलतासँगै पुर्णिमाको नाममा अन्नपूर्णको पहिलो महिला सफल आरोहीको किर्तिमान रहनेछ । गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमाल छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...