फलियागाउँ, बाबियाचौर र मल्लाजमा आँखा परिक्षण शिविर

Beni Sanjibani

बेनी । धवलागिरी गाउँपालिकाको फलियागाउँ, मंगलाको बाबियाचौर र जलजलाको मल्लाजमा शनिबार एकै दिन निशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

तीन ठाउँको शिविरमा ५८९ जनाको आँखाको परिक्षण भएकोमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने ६८ जना पहिचान भएका लायन्स क्लवले जनाएको छ । लायन्स क्लवहरुले बेनी अस्पताल, नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा शिविर आयोजना गरेका थिए ।

लायन्स क्लब अफ मंगला र बेनी महारानीको आयोजनामा बाबियाचौरमा भएको शिविरमा २५१ जनाको आँखा परिक्षण भएकोमा १९ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका लायन्स क्लव अफ मंगलाकी अध्यक्ष समेत रहनुभएकी मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।

Mangala Health notice about Je

सो शिविरको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मंगला गाउँपालिकाको आयोजनामा कोरोना अस्प्तालकी चिकित्सक रोशनी पुर्जा लगायत स्वास्थ्यकर्मीहरुको टोलीले आँखा बाहेकका स्वास्थ्य शिविर पनि सञ्चालन गर्नुभएको थियो ।

Beni nagarpalika ko janahit ma jari notice

लायन्स क्लव अफ बेनी पिस सिटी र दरवाङ म्याग्दीको आयोजनामा धवलागिरी गाउँपालिका–३ फलियागाउँको धनजनता मावि परिसरमा आयोजना भएको शिविरको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको थियो ।

सो शिविरमा १८७ जनाको आँखा परिक्षण भएकोमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने ९ जना बिरामी पहिचान भएका लायन्स क्लवका मोतिराज गौतमले जानकारी दिनुभयो । यसैगरी लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा भएको शिविरमा १५१ जनाको आँखा परिक्षण भएकोमा ८ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएका छन् ।

यसअघि शुक्रबार रघुगंगा गाउँपालिकाको भगवतिमा २७१ जनाको आँखा परिक्षण गरिएकोमा शल्यक्रिया गर्नुपर्ने ७ जना पहिचान भएका थिए । अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानीमा भएको शिविरमा ११८ जनाको आँखा परिक्षण भएकोमा ८ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान भएका थिए ।

चैत ८, ९ र १० गते मालिका गाउँपालिकाको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिने भएको छ । पालिका स्तरको शिबिरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरुको बेनीमा चैत १५ र १६ गते हुने शिविरमा शल्यक्रियाको ब्यवस्था मिलाएको लायन्स क्लवहरुले जनाएका छन् ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...