म्याग्दी प्रहरीको ९ बुदे कार्ययोजना सार्वजनिक

Gandaki Pardesh notice

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले अपराध, दुब्र्यसनी नियन्त्रण, बिकृति, दुर्घटना न्युनीकरण र बिपद् ब्यवस्थापनलाई थप प्रभाबकारी बनाउन ९ बुदे कार्यायोजना तयार पारेको छ ।

जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार भेटघाटको आयोजना गरेर प्रहरी नायव उपरिक्षक श्याम कुमार राइले सुरक्षा चुनौति र त्यसको ब्यवस्थापनका लागि गर्ने योजनाको बिषयमा तयार पारिएको कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

२०७७ माघ १ गते प्रहरी प्रधान कार्यालयबाट म्याग्दीमा सरुवा भएर आउनुभएका प्रनाउ राइले दुई महिनासम्म बस्तु अवस्थाको अध्ययन र सरोकारवालाहरुसँग छलफल गरेर कार्ययोजना तयार पारेर कार्यान्यनको चरणमा लगिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सरकारी, गैरसरकारी निकाय र निजी क्षेत्रको समन्वय र सहकार्य गर्ने, मानव अधिकारको संरक्षण सम्वन्धी अनुशिक्षण गर्ने, प्रहरी कार्यालयको भौतिक स्रोत साधनसंगै प्रहरीको सेवा प्रवाह प्रभावकारी बनाउने, आन्तरिक र बाह्य रुपमा सुद्धिकरण अभियान गर्ने भएको छ ।

सूचना संकलनमा प्रभावकारी रुपमा जनशक्ति परिचालन गर्ने, शान्ति सुरक्षाको प्रभावकारी सुधार तथा ब्यवस्थापनमा जोड दिने, सामाजमा घट्ने अपराध र अवैध कारोवार रोक्न प्रविधिको प्रयोगमा प्राथमिकता दिने, ट्राफिक पार्किङ, चेकजाँच र बजारमा सिसि टिभिको ब्यवस्थापनमा जोड दिने योजना तयार पारिएको छ ।

प्रत्येक महिना एक जना उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र महिला प्रहरीको छुट्टै ब्यारेक बनाउने तयारी गरेको बताउनुभयो । वडा तहमा जनप्रतिनिधिहरुको सहभागितामा संयन्त्र बनाएर बिपद्को जोखिम पहिचान, पुर्वतयारी, सतर्कता र ब्यवस्थापनका साथै औजार उपकरण, सुरक्षाका सामग्रीको ब्यवस्थापन र तालिम सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि कार्ययोजना कार्यान्वयनमा सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...