अन्तराष्ट्रिय पदकधारी मनकारी गाउँपालिका अध्यक्ष

Gandaki Pardesh notice

घोडेपानी, । स्विमिङ र डाइभिङमा अन्तराष्ट्रिय पदक जितेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन दुःखका सारथी बनेका छन् ।

भारतीय सेनाको निवृत्त क्याप्टेन पुनले जनप्रतिनिधिको रुपमा म्याग्दीको उत्तरी क्षेत्रको बिकासको अगुवाई मात्र गरेका छैनन् आफूले पाउने सेवा सुबिधालाई पनि जनताको अप्ठ्यारो फुकाउन परिचालन गरेका छन् ।

उनले जनप्रतिनिधिको हैसियतमा सुबिधा वापत पाएको रु. अठार लाख भन्दा बढी रकमलाई सामाजिक काममा खर्चिएका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिक स्थलको बिकास र बजेट अभावले अधुरा बनेका बिकास आयोजनालाई पूर्णता दिन अध्यक्ष पुनले आफुले पाएको सुबिधा खर्चिएका हुन् ।

Shreekrishna hardwear in news

सेवा सुबिधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब चार वर्षको अवधिमा रु. १८ लाख दुई हजार सामाजिक क्षेत्रमा परिचालन गरेको अध्यक्ष पुनले बताए । “भारतीय सेनाको पेन्सनले मेरो खर्च पुग्छ । परिवारका सदस्यहरु आफै आत्मनिर्भर छन,” उनले भने “जनतासँग गरेको प्रतिवद्धता अनुसार सेवा सुबिधालाई सामाजिक क्षेत्रमा लगाएको हो ।”

खातामा रु. तीन लाख बाँकी छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शिर्षकमा मासिक रु. ४८ हजार सुबिधा तोकेको छ । पोखराको सुन्दरीडाँडा स्थित शिवमन्दिरमा नियमित पुजा सञ्चालनका लागि रु. पाँच लाखको अक्षयकोष स्थापना गरेर एक जना पुजारीलाई तलबको ब्यवस्था गरेको अध्यक्ष पुनले अन्नपूर्ण–४ गाडपारको नारच्याङ आधारभूत बिद्यालयमा रु. एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जिनियरीङको प्रवेश परिक्षा उतिर्ण भएपनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई रु. १ लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिएका थिए । करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकी कृशिखा बिकको उपचारका लागि अस्पताल पुग्न बाटोखर्च स्वरुप रु. ३० हजार उपलब्ध गराए ।

Bhautik ministry notice about road

गाउँपालिकाका बिद्यालयमा टेलिटिचिङ सुरु गर्न रु. ५० हजार सहयोग गरेर अभियान सुरु गरेका पुनले ज्ञानप्रकाश माविलाई रु. ५० हजार, मुक्तिमार्ग माविलाई रु. पचास हजार, शिख माविलाई रु. एक लाख, काफलडाडाको करबाकेली संरक्षण समितिलाई रु. एक लाख दश हजार, पाउद्धारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु. दुई लाख पचास हजार, पाउद्धार युवा क्लवलाई मन्दिर बनाउन रु. पचास हजार, फलातेमा खेलमैदान बनाउन रु. पचास हजार, किन्दुको आमा समूहलाई भाँडा खरिद गर्न रु. ४२ हजार सहयोग गरेका छन् ।

घराप आमा समूहको खानेपानी योजनालाई रु. एक लाख दश हजारको पाइप खरिद गरेर उपलब्ध गराउनुभएका पुनले बजेट अभावमा अुधरो बनेको घारको खानेपानी आयोजनालाई पुर्णता दिन रु. एक लाख सहयोगको घोषणा गरेका छन् । दोसल्लेका धनबहादुर पुनको घर पुननिर्माणका लागि जस्तापाटा किन्न रु. ३५ हजार सहयोग गरेका छन् । कोप्चेपानीको धवलागिरी आधारभूत बिद्यालयलाई रु. पचास हजार र हिस्तान स्वास्थ्य चौकीलाई रु. ७५ हजार सहयोग गरेका छन् ।

विभिन्न बिद्यालयका उत्कृष्ट बिद्यार्थी र खेलाडीहरुलाई पुरस्कृत गरेका पुनले जनप्रतिनिधी नभएको अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गरेका थिए । पहिरो, चट्याङ्, आगलागी पिडितका साथै आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने बिपन्नहरुका लागि पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्छन् । प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफै उद्दार र राहतमा अगुवाई गरेका छन् ।

“सिप र कला सिकाउन नपाउँदा रुन मन लाग्छ”
बि.स. २०२१ मा भारतीय सेनामा भर्ती भएर २१ वर्ष ९ महिना काम गरेर फर्किएका पुन पर्यटकीय स्थल घोडेपानीको सन्नी होटलका सञ्चालक हुन् । भारतीय सेनामा रहँदा स्विमीङ र डाइभिङमा दश वर्ष लगातार नेशनल च्याम्पियन बन्नुभएका पुनले नवौ र दशौ एसीयन, १९७९ को कमन वेल्थ गेम, १९८२ को वर्ड च्यापियनसिपमा सहभागी भएर पदक दिलाएका थिए । भारतमा खेल प्रशिक्षक भएर काम गरेका उनले नेपालको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएर पदक जितेका थिए ।

होटलका कोठालाई समेत अन्तराष्ट्रिय खेलाडीहरुको नामबाट नामाकरण गरेर ब्यवसायमा नयाँ शैली अपनाएका पुनको अगुवाइमा घोडेपानी र पुनहिल क्षेत्रको पर्यटन बिकासमा धेरै महत्वपूर्ण काम भएका छन् । जनप्रतिनिधि बनेपछि श्रीमति र छोरालाई होटलको जिम्मा लगाएका पुन परिस्थितिले राजनीतिमा आउनुपरेपनि आफ्नो सिप, अनुभव र क्षमतालाई नेपालको खेल क्षेत्रमा उपयोग गर्न नसकेकोमा दुखित छन् ।

“जनताको सेवा गरौ भनेर राजनीतिमा हाम फालेर गाउँपालिकाको अध्यक्ष त बने, राम्रो गरौ भनेर लागेको छु,,” पुनले भने “तर मेरो भेलु, गोल मेडल र पदकहरु सम्झीदा, कला सिकाउन नपाउँदा रुन मन लाग्छ ।” उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेका थिए । उनले हालै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग मितेरी साइनो गासेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...