बेनीमा लोक सांस्कृतिक उत्सव हुने

Gandaki Pardesh notice

बेनी । बेनीमा नव वर्ष २०७८ को अवसरमा प्रथम लोक सांस्कृतिक उत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीले बैशाख १ देखि ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा उत्सव गर्न लागेको हो ।

लोक संस्कृतिको संरक्षण, स्थानीय स्तरमा लुकेर रहेको नवप्रतिभाको पहिचान एवम् उचित अवसर प्रदान, कलाकार कल्याणकारी कोष स्थापना गर्ने र स्थानीय कला संस्कृति तथा प्रतिभालाई राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले उत्सव गर्न लागिएको हो । उत्सवमा पालिका स्तरीय लोक दोहोरी गीत, एकल नृत्य, झाँकी प्रर्दशनी र कलाकारहरुको दोहोरी, हास्यब्यङग्य तथा बिबिध सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम संयोजक अमित बिश्वकर्माले जानकारी दिनुभयो ।

अग्रज कलाकार र नवप्रतिभालाई सम्मान गर्ने कार्यक्रम छ । पालिका स्तरीय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमश रु.पचास हजार, तीस हजार, बीस हजार प्रदान गरिने भएको छ । उत्कृष्ट गायक र गायिकालाई तीन÷तीन हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको प्रतिष्ठानका सचिव पदम बिश्वकर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news

यसैगरी खुल्ला एकल लोक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश रु. दश हजार, सात हजार र चार हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । झाँकीमा सहभागी हुनेहरुलाई प्रोत्साहनका लागि बीस हजार रुपैयाँ बिनियोजन भएको छ ।

Bhautik ministry notice about road

दश लाख २७ हजार ५०० रुपैयाँ आम्दानी र सात लाख पचास हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उत्सवबाट दुई लाख ७७ हजार ५०० रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । बचत भएको रकम कलाकार कल्याणकारी कोष स्थापना गरेर दुख र अप्ठ्यारोमा परेका कलाकारलाई सघाउने योजना रहेको प्रतिष्ठानका जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेले बताउनुभयो ।

उत्सव सफल बनाउन विभिन्न १० वटा उपसमिति गठन गरेर तयारी सुरु गरेको उहाँले बताउनुभयो । अग्रज कलाकार धनकुमारी थापाले तीस हजार ५५ र कलाकार राजेन्द्र सापकोटाले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उत्सवको बारेमा जानकारी दिन प्रतिष्ठानले शुक्रबार बेनीमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मा र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले लोक संस्कृतिको संरक्षण, प्रर्वद्धन र प्रतिभा पहिचानका साथै ब्यापार ब्यवसाय प्रर्वद्धनमा उत्सवले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...