म्याग्दीमा सात हजार जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइयो

Gandaki Pardesh notice

बेनी । म्याग्दीका सात हजार जना भन्दा बढी जेष्ठ नागरिकलाई कोरोना (भाइरस) विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले हालसम्म सात हजार ४० जना जेष्ठ नागरिकलाई कोरोना (भाइरस) बिरुद्धको (कोभिशिल्ड) खोप लगाइएको जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले फागुन २३ गतेदेखि सुरु भएको तेस्रो चरणको अभियान मार्फत ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिकाकाका एक हजार ९८९, मंगला गाउँपालिकाका ९७८, मालिका गाउँपालिकाका एक हजार ६३, धवलागिरी गाउँपालिकाका ८०३, रघुगंगा गाउँपालिकाका एक हजार १५० र अन्नपूर्ण गाउँपालिकाका एक हजार ५६ जनालाई खोप लगाइएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पहिलो चरणमा माघ १४ देखि २१ गतेसम्म ८९४ जना चिकित्सक, स्वास्थ्यकर्मी र कोरोना रोकथाममा अग्रभागमा खटिएकाहरुलाई खोप लगाइएको थियो । दोस्रो चरणमा फागुन २ देखि १० गतेसम्म एक हजार ६१० जना जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, बैंक, बित्तीय संस्था, सरकारी र अन्य कार्यालयका कर्मचारीहरुलाई खोप लगाइएको थियो ।

तेस्रो चरणका लागि स्वास्थ्य कार्यालयलाई पाँच हजार डोज खोप प्राप्त भएको थियो । ४५० डोज कार्यालयसँग मौजुदा थियो । अभियानका क्रममा थप एक हजार ५०० डोज मगाइएको थियो । खोप सकिएसँगै तेस्रो चरणको अभियान रोकिएको छ । लक्षित संख्या अनुसारनै खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एक भायलमा १० डोज खोप हुन्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने चिकित्सकहरुले बताएका छन् । यसअघि खोप लगाइसकेका हरुलाई दोस्रो पटक खोप लगाउन भने सुरु भएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...